२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी कांग्रेसको महाअभियनः सेती कामीबाट उद्घाटन रामशरण महतबाट समापन

२०७५, २१ जेष्ठ सोमबार १२:०८

प्रेम सुनार/जेठ–२१, गुल्मी।  गुल्मी कांग्रेसले नयाँ बर्ष बैशाख १ गतेबाट सुरु गरेको ‘ नेपाली कांग्रेस गुल्मीको अभियान , गाउँ मै जाउँ गाउँ मै रमाऔं ’  ५० दिने महाअभियान आफैमा ऐतिहाँसिक बन्न पुगेको छ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर २ की सर्वसाधरण ८१ व्र्षिया बृद्धा सेती कामीको हातबाट उद्घाटन भएको महाअभियान कांग्रेस प्रभावशाली नेता तथा पुर्व अर्थमन्त्री रामशरण महतबाट समापन भएको छ ।

आज पत्रकार सम्मेलन गरी गुल्मी कांग्रेस यो महाअभियान सुतेकाहरुलाई जगाउने काम मात्रै भएको र अव हिडाउने अभियानको थालनी गर्ने प्रतिकृया दिएको छ । हामी कांग्रेसजनहरु गाउँका गरिव दलित लगायतका पछाडी परेका वर्ग समुदाय संग टाढिएकै रहेछौं भन्ने महशुस गरियो कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले भने कांग्रेस आज सम्म यसरी निदाएर हुन्छ ?  यो अभियान सुतेका हामी कांग्रेसजनलाई जगाउने महाअभियान मात्रै बनेको छ अव हिडाएर चलायमान बनाउने अर्को अभियान छेड्दै छौ अव हामी सुतेर कदापी बस्ने छैनौं ।

केहि विपक्षी मित्रहरुले  दलित गरिवको घरमा एक दिन खाएर बसेर हुन्छ ? भनेर आलोचना गर्नु भयो र केहि विपक्षीहरुले हाम्रो अभियाानलाई महत्वका साथ लिएर चासो पनि लिनु पनि भयो समग्रमा यस महाअभियान हामीले सोचे जस्तै प्रभावकारी भएको हाम्रो ठम्याई छ श्रेष्ठले पनि यस अभियानलाई साथ दिनु हुने सर्वसाधरण देखि यहाँका सञ्चारर्कीहरु प्रति हाम्रो पार्टी आभार प्रकट गर्दछ ।

त्यस्तै कांग्रेस सचिव खिलध्वज पन्थीले यो महाअभियान आफैमा चुनौती पुर्ण भए पनि त्यो चुनौतीलाई पार गरिएको प्रतिकृया दिए ।  उनले भने–‘अझै पनि पाका कांग्रेसजनहरु रुढीवादी सोचले ग्रस्त भई रहेको बेला दलितका घरमा उनिहरुलाई  पसालेर खुवाउनु र ति दलितहरुलाई उनिहरुको घरमा पसालेर सहभोज गराउने कम चुनौतीपुर्ण थिएन । त्यस्तै  अहिले सम्म वर्जित गरिएका मन्दिरहरुमा दलितहरुलाई पसालेर सामुहि पुजा गराउनु पनि थप  चुनौतीपुर्ण यियो ।  त्यसलाई चिर्न हामी सफल भएका छौं ।’

उनले जातिपातीको विभेद गर्ने र गरिवहरुको उत्थानमा नलाग्ने ब्यक्ति अव कांग्रेस हुनै नसक्ने चेतावानी समेत दिए । कार्यक्रममा  अर्की जिल्ला सचिव विष्णुकुमारी सापकोटा , महिला विभाग प्रमुख अमृतादेवि कुँवर र अन्य जिल्ला नेताहरुले ५० दिने महाअभियानको अनुभव र अनुभुती साटासाट गरेका थिए । यस अवधीमा कांग्रेसले  पोखरी संरक्षण , चौपारी निमार्ण र सरसफाई लगायतका समाजिक कार्य पनि गरेको थिए ।

प्रत्यक्ष गरिवहरुको घरमा बसेर उनिहरुको गरिवीको कारण र निराकरणको समिक्षा गर्ने , छुवाछुछत  र लैङ्गिक विभेदको व्यवहारिक  रुपमै अन्त्य गर्ने , समाजमा रहेका मानवता विरोधी पर्थाहरु, विकृति विसंगतिहरुको अन्त्य गर्ने साथै अनियमित्ता भ्रष्टचारको निर्मुल गर्नु यस महाअभियानको मुख्य उद्देश्य रहेको थियो । यस अभियानलाई उच्च महत्व दिई कांग्रेस प्रभावशाली नेता  गोमालमान श्रेष्ठ, गगन थापा र चन्द्र भण्डारी समेत गुल्मी आएर अभियानमा सहभागि भई  गरिव दलित कै घरमा बसेर अभियान्त बनेका थिए ।

दलित गरिवको घरमा बसेर कांग्रेस नेताहरुले  राजनीति गर्न सुरु गरेपछि यस अघि सम्म  सदरमुकामका सभ्रान्त परिवारको आलिशान महलमा बास बस्ने अन्य दलका नेताहरुलाई अव त्यस्ता परिवारमा बस्न भने अलि अफ्ठ्यारो लाग्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी