Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

चन्द्र भण्डारी र सरोकारवाला विच रेसुङ्गा विमानस्थलबारे कडा जुहारी

२०७५, २७ जेष्ठ आईतवार ०५:२९

प्रेम सुनार/जेठ–२७, गुल्मी।   नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद चन्द्र भण्डारीले हालै परिक्षण उडान भएको रेसुङ्गा विमान स्थलका वारेमा प्रतिकृया दिएका छन् । उनले आफ्नो फेसवुक  मार्फत प्रतिकृया दिदै भनेका छन् –‘ विमान स्थाल ढिलाई हुनुको कारण सिमित ब्यक्तिले एअरपोपोर्ट निर्माण परियोजनालाई दुहुनो गाई बनाएका कारण ढिलो हुन गएको हो ।

उनले गुल्मीको सिमिचौरमा सानो विमानले परिक्षण गरेकोमा खुशी ब्यक्त गर्दै भनेका छन–‘ २०७० साल सम्म जम्मा २३ लाख विनियोजित भएको थियो । हामी आए पछि सो रकम बढाई करोडौं विनियोजित गरियो । तर गुल्मीमा ठेक्कापट्टा गर्दा वदमासी गरी एकथरी राजनीति गर्ने साथीहरुले एयरपोर्टको नाममा कमाउन थाले ।

पछि कमसल काम गरेको ठहर गरी नेपाल नागरिक उड्यन प्राधिकरणले जरिवाना तिरायो ।  यो विमान स्थल छिटो नै बन्ने थियो । रकमको अभावले होईन ।  गुल्मेली जनता परिक्षण उडानबाट खुशी छन अव बेखुशी बनाउनु हुँदैन । घरको कोठामा ठेकेदार पालेर  कमसल काम गर्न पाईदैन ।  

उनले ब्याङ्ग गर्दै भनेका छन्–‘ नाम पनि , दाम पनि कमसल काम पनि । भ्रष्टचारको छानविन एकदिन हुनेछ ।  आफ्नो कामको लागि जनता सचेत हुनु पर्छ ।  उनले ‘घरको कोठामा पालेर’ भन्ने भनाईले त्यस विमान स्थलमा  निर्माण कार्यको जिम्मा लिएका नारायणप्रसाद पोखरेललाई ईङ्गित गरेका हुन ।

पोखरेल लामो समय देखि तत्कालिन नेकपा एमालेको पार्टी कार्यालयको भुँई तलामा वस्दै र निर्माण ब्यवसायको कार्यालय सञ्चालन गर्दै आएका छन् । नेता भण्डारीले त्यही कुरालाई ईङ्गित गरेका हुन । उनले पोखरेलको हिजोको आर्थिक अवस्था र आजको आर्थिक अवस्था समेत  दाँज्न समेत संकेत गरेका छन् ।

चन्द्र भण्डारी धुर्त हुन: पोखरेल

नेता भणडारीले निर्माण ब्यवसायी पोखरेल माथी लगाएको आरोपका सम्वन्धमा पोखरेलले कडा प्रतिकृया दिए । उनले भने–‘ पहिलो कुरा त चुनावी हारले चेतना समेत गुमाउन खोजी सकेका चन्द्र भण्डारी जस्ता संग जवाफ–सवाल मलाई गर्ने मनै छैन । कुनै ब्यक्तिको नीजि जिवन र उसको ब्यवसाय संग पटक पटक  धावा वोल्नु, आक्रमण गर्नु भनेको चेतना नभएकै मान्छेले गर्छ । उनि धुर्त मान्छे हुन । धुतर््याँई गर्न कै लागि हामी निर्माण ब्यवसायीहरुलाई पटक पटक उनले आक्रमण गर्दै आएका छन् ।  मलाई त पार्टी कार्यालयको भवनमा डेरा गरी बस्छ भनेछन् । उनले प्रतिप्रश्न गरे – चन्द भण्डारी चाँही काठमाण्डौमा कसको घरमा बस्छन् नि ?  

म जो कसैकोमा डेरा गरी बस्न पाउनेकी नपाउने ?  पाल्पामा कांग्रेस नेताको घरमा तत्कालिन माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज नेत्र पाण्डे डेरा गरी बस्छन् । यस्ता उदाहरण थुप्रै छन् । ब्यक्तिगत जिवनमा दल विचार हुँदैन । ’

उनले फेरी नेता भण्डारीलाई प्रहार गर्दै भने–‘ होईन मान्छेको ब्यक्तिगत जिवन संग खेलवाड गर्ने कस्तो मानसिकता होला उहाँको ?  उनले थपे–‘ जहाँ सम्म त्यस विमान स्थलको हकमा प्रतिष्पर्धा गरेर मैले जिम्मा लिएँ । सम्झौता भएको मिति  अघि नै मेरो जिम्मामा नभएको काम समेत गरे. ।  हामी सवैको विमान स्थल हो  , सहयोग गर्न पर्छ भनेर मैले बढि काम गरेको छु समितिका सवै मानिसलाई सोध्धा हुन्छ ।

नेता भण्डारीलाई रेसुङ्गा विमान स्थलको ‘र’  पनि थाह छैन तर उनले म सांसद भए पछि  विमान स्थलका लागि  करोडौं पारे भन्दै उनले फेशवुकवाजी गर्नु   यहि हो उनको हैसियत ? उनले यस्तो प्रश्न दोहराए ।

पैसा हालेँ भनेर नाक ठाडो नपारे हुन्छ ः सचिव

तत्कालिन नेकपा माओवादी केन्द्रबाट त्यस विमान स्थल निमार्ण उपभोक्ता समितिबाट  प्रतिनीधीत्व गर्दै सचिवको जिम्मेवारी सम्हालेका अशोक थापा –(मुक्ति )  संग के चन्द्र भण्डारी सांसद भएपछि करोडौं रकम परेकै हो ? भनेर प्रश्न गर्दा उनले जोङ्गिदै भने–‘ होईन लाज सरम पचेकै हो ? एक सुको रकम नहालेका मान्छेबाट यस्तो लाजमर्दो कुरा ?

उनि अहिले शान्त हुँदै भने–‘सरकारले जुन दिन रेसुङ्गा विमान स्थलको योजना पा¥यो त्यस दिनबाट  प्राधिकरणबाट प्रकृयागत ढगले पैसा आउने हो । कुनै माईकलालले मैले रकम पारेंको हुँ  भनेर नाक ठाडो नपारे हुन्छ । एक सुको पारेका छैनन् । जहाँ सम्म नेता भण्डारीले दुहुनो गाई बनाए भनेर आरोप लगाएका छन यदि एक सुको रकममा अनियमित्ता भएको  प्रमाण जुटे मेरा हकमा म आफै हजारौ जनता बटुलेर लाँकुरी मञ्चको रुखमा झुण्डिएर आफैले आफैलाई कार्वाही गर्ने छु । ’

 म प्रतिकृया नै दिन चाहन्न ? उपाध्यक्ष

नेपाली कांग्रेसबाट त्यस विमान स्थल निर्माण समितिमा उपाध्यक्ष रहेका नेता श्रीप्रसाद भलामीले चन्द्र भण्डारीले फेशवुकमा लेखेका कुराहरु वारे प्रतिकृया नै दिन नचाहेको बताए । ठेक्का–पट्टाका विषयमा केहि टसल परेकै हो । जुन समधान पनि भई सकेको कुरा हो । काम कमसल भई जरिवाना पनि तिरे कै हो उनले भने–‘  यो भन्दा बढि म वोल्न चाहन्न । ’

चन्द्र जीबारे वोल्नु औचित्य छैनः अध्यक्ष

त्यस समितिमा तत्कालिन एमालेबाट अध्यक्ष रहेका  मधुकृष्ण पन्त संग  नेता चन्द्र भण्डारीको फेशवुक मार्फत आएको प्रतिकृयाबारे ध्यानकृष्ट गराउँदा  उनले हाँस्दै भने– उहाँको प्रतिकृया मैले पनि पढें , हाँसो लाग्यो ।

उनले थपे–‘ अरुले जस्तो अशिष्ट र अपाच्य भाषा मैले प्रयोग गर्न चाहन्नछ  । यति भन्छु कि उहाँको आरोपको कुनै अर्थ र औचित्य छैन ।’अध्यक्ष पन्तका अनुसार नेता चन्द्र भण्डारीले २०७० साल सम्म २३ लाख मात्रै रकम परेको कुरा झुट हो ।

विमान स्थल शुभारम्भ समारोह मैं अध्यक्ष पन्तले सवै आर्थिक विवरण सार्वजानिक गरेका थिए । त्यस आर्थिक विवरणमा साविकको जिविस, केहि गाविस सहित नेता भण्डारीले भने भन्दा बढि नै रकम परेको छ ।

अध्यक्ष  पन्तले भने–‘सरकारले जुन दिन  योजना स्वीकृत ग¥यो त्यहाँ देखि यता  स्वतः प्रकृयागत ढंङ्गले वजेट विनियोजित हुन्छ । त्यसरी वर्षेनी विनियोति हुने रकमलाई  फोटो खिचेर फेशवुकमा पोष्ट गर्दै मैले यो र उ योजना पारे भन्ने वानी हटाउन सके राम्रो होला ।

जहाँ सम्म नेता भण्डारीले २०७० मा आफुहरु आएर करोडौं रकम परेको हो भन्नु भएको छ त्यो झुट हो । मैले त्यति वेलाका सवै माननियज्युहरु संग कमसेकम दुई दुई लाखका दरले त दिनुस् भन्दै हिडेको हुँ । अझ उहाँको निर्वाचन क्षेत्र भएकोले उहाँले त स्वतः निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत त्यो भन्दा ठुलो रकम दिनु पर्ने हो ।

हामीले  पटक पटक माग्दा उहाँले हुन्न पनि कहिल्लै भन्नु भएन तर दिन चाँही एकसुको पनि दिनु भएन । उहाँले जुन अनियमित्ताको कुरा उठाउनु भएको छ । त्यसमा कुनै तुक नै छैन । रेसुङ्गा विमान स्थलको  ‘ र’ सम्म थाह नभएको उहाँले त्यसवारे आफु  अनिविज्ञ रहेको कुरा आफै प्रकट गर्नु भएको छ , के प्रतिकृया दिनु ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित