2026-10-28 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पाँच वर्षमा बेरोजगारी अन्त्य गर्छौ : मन्त्री बिष्ट

प्रेम सुनार, असार ११,गुल्मी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले यो बर्ष देशका दुई लाख युवालाई न्यूनतम रोजगार दिने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिकाको शहिद स्मृति पार्ककाको शिलन्यास गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन् । 

पछिल्लो समय श्रम र रोजगारको क्षेत्रमा ठूलो चुनौतिका बिच पनि महत्पूर्ण योजना र निर्णयहरु भएकाले केहि समयमै पूर्ण कार्यान्वयन गरिने उनले बताए ।मन्त्री विष्टले स्वदेशमा रोजगारको पूर्ण ग्यारेन्टी नहुँदासम्म विदेशमा कामदारहरुलाई ढुक्क र सुरक्षित भएर काम गर्ने ब्यवस्था समेत मिलाउने प्रयास भइरहेको बताए । ‘अझै पनि गाउँ र घरको मायालाई पैतलामुनि राखेर कैँयौ युवा परदेशमा श्रम बेचिरहेका छन्’, मन्त्री विष्टले भने, ‘पाचँ बर्षभत्र बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौ ।’

मन्त्री बिष्टले दुई छिमेकीबिचको सम्बन्धलाई जोगाएर प्रधानमन्त्री केपी ओलीले भारत र चिन भ्रमण गरेकाले थुप्रै विकासको मार्ग खुला भएको बताए । बहुमत सहितको कम्युनिष्ट सरकार प्रति नागरिकको आशा र भरोसा रहेकाले कुनै दिन पछुतो हुन नदिने बताए । ‘व्यक्तिगत स्वार्थमा देशलाई धेरैले धेरै पटक डुवाएका, त्यसैले जनताले परिवर्तनको अनुभुति समयमै गर्न पाएनन,’उनले भने,‘विकास र समृद्धि मार्फत २१ औ शताब्दीको महसुस गर्न धेरै समय लाग्दैन ।’

 धुर्कोटमा नमुना सहिद पार्कको शिलन्यास

गुल्मी क्षेत्र नम्बर २ का सासंद समेत रहेका मन्त्री विष्टले धुर्कोट गाउँपालिकाले यसै बर्षदेखि निर्माण थालेको गौरवको आयोजना ‘शहिद स्मृति पार्क’ को शिलन्यास गरेका छन् । पार्कको शिलन्यास गर्दै उनले पार्कको निर्माणसँगै यस क्षेत्रको पर्यटन विकास हुने भएकाले आर्थिक समृद्धिको ढोका खुल्ने बताए । उनले स्थानिय तहले गर्ने नमुना कार्यमा आफ्नो सधै सहयोग र साथ रहने प्रतिबद्धता ब्यक्त गरे ।

धुर्कोट गाउँपालिकाले यो बर्ष गाउँपालिकाभित्रका चारवटा सहिदको नाममा महत्वपूर्ण योजना अगाडी सारेको छ । सहिद पार्कमा चारैजना सहिदहरुको शालिक निर्माण गरिने गाँउपालिकाका उपाध्यक्ष शिव बहादुर केसीले बताए । यो सँगै गाउँपालिकाले अर्का सहिद खिमविक्रम नेपाली, विष्णु बस्नेत र जेदुराम भण्डारीको स्मृतिमा सडक तथा भवनहरु निर्माण गरिने केसीले बताए ।

नमुना गाउँपालिकाका बनाउँछौ: गाउँपालिका प्रमुख

धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले पाँच बर्षमा नमुना गाउँपालिका बनाउने बताए । उनले शहिद पार्क, धुर्कोट संग्राहालय, पिपलधारा खेल मैदान, जैसीथोक गोपेलाई नमुना बस्ती, एक टोल एक पोखरी, उत्पादनमा आधारित अनुदान, खरका छाना मुक्त गाउँपालिका, एक घर एक धारा, कृषक परिचय पत्र, पशुलाई सुत्केरी भत्ता लगायतका महत्वपूर्ण कार्यक्रम मार्फत धुर्को गाउँपालिकालाई आत्मनिर्भर र आर्थिक समृद्धि सहितको नमुना गाउँपालिका बनाउने पोखरेलले बताए । सोमबार मन्त्री बिष्टले धुर्कोट गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीसंग पनि भेटघाट गरेका छन् ।

धुर्कोट गाउँपालिकाले यसै बर्षदेखि निर्माण थालेको गौरवको आयोजना ‘शहिद स्मृति पार्क’ को शिलन्यास गर्दै मन्त्री बिष्ट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला