2026-10-27 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गृह जिल्लामा मन्त्री बिष्ट चार दिनः दजर्नौ कार्यक्रममा सहभागी

प्रेम सुनार | कार्तिक १९, बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कणराज बिष्टले गृह जिल्ला गुल्मीमा तीन सम्म रहेर दर्जनौं कार्यक्रम सकेर राजधानी प्रस्तान गरेका छन  ।

पहिलो दिन गुल्मीको सिमलटारीमा स्वास्थ्य चौकीको नव निर्मित भवनको उद्घाटन गरी  सोही दिन घमिरको अर्को स्वास्थ्य चौकीको नव निर्मित भवनको उद्घाटन गरेका थिए ।

दोश्रो दिन मालिका गाउँपालिका भित्रका नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्तालाई सम्वोधन गरेका  थिए ।   कार्यकर्तालाई सम्वोधन गर्दै मन्त्री बिष्टले जनतालाई उज्याले दिन आफु मैन बत्ति बनेर जल्नु  पर्नेमा जोड दिएका थिए ।

उनले कार्यकर्ताहरुले आर्थिक मामिलामा लामो हात गरे पार्टी बाट निस्काशित गर्ने चेतावानी दिएका थिए । त्यस अघि मालिका गाउँपालिकाले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा पनि उनले जनप्रतिनिधी र कर्मचारीहरुलाई गलत काम गरेको पाईए कसैलाई नछाड्ने चेतावानी दिएका थिए ।

उनले बृद्ध भत्ता खाँदै आई रहेका बृद्ध लगायत पेन्सनवाला भए बृद्ध भत्ता नपाउने जुन भ्रम छरिएको छ त्यो असत्य भएको र खाँदै आई रहेका सबैले सामाजिक सुरक्षा भत्ता नछुटाईने र तत्काल स्थानिय तहले उनिहरुको भत्ता वितरण गर्न निर्देशन दिएका थिए ।

तेश्रो दिन  मालिका गाउँपालिका ६, अर्जैमा पनि उनले भव्य  कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाको सरकारले सरकार गठन भएको छ ८ महिना सम्म ऐन कानुन र नीति निर्माण गरी आर्थिक समृद्धिको जग खडा गरेको र अब देखि  एक पछि अर्को हुँदै जनताको अपेक्षा पुरा गर्ने तर्फ तिब्रता दिईने उदठघोष गरेका थिए ।

चौथो दिन उनले सदरमुकाम तम्घास स्थित किरण पुस्ताकालेको अत्याधुनिक पुस्ताकालय भवनको शिलान्यास गर्दै र अन्य दजर्नौ भेटघाट कार्यक्रम सकेर राजधानी तर्फ लागेका हुन ।  मन्त्री बिष्टले  आफ्नै पहलमा साढे ४ करोड रकम सरकारद्धारा विनियोजन गराई बन्न लागेको पुस्ताकालय भवनमा ई लाईबेरी समेत रहेने र सुन्दर पार्क सहित आलिसान हुने छ ।

गुल्मी तम्घासका प्राज्ञिक ब्यक्ति शशी पन्थीले  २०२७ सालमा चिदिचौरको एक तले भबनमा किरण पुस्ताकालयको स्थापना गरेका थिए ।    तम्घासको बालमन्दिरमा भएको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री बिष्ट  किरण पुस्ताकालय स्थापना गर्ने शशी पन्थी आफुलाई पढाउने गुरु रहेको र पुस्ताकालय आफ्नो प्रेरणा रहेको स्मरण गर्दै  जति खर्च लागे पनि भब्य पुस्ताकालय बनाउनमा आफुले मेरै जिम्मा लिने उदठघोष गरेका थिए ।

उनले  जिल्ला अस्पतालको भवन समेत भव्य बनाउँदै जिल्लाको विकासले अब तिब्रता पाउने  उद्घोष गरेका थिए ।  सस्थापक शशी पन्थीले मन्त्री बिष्टले गरेको पहल प्रति आभार प्रकट गर्दै स्थापनाको  सतबार्षिकीको अबसर सम्म आई पुग्दा अत्याधुनिक भवन बन्नु भनेको नयाँ युगमा किरण पुस्ताकालय प्रबेश गरेको भन्दै खुशी ब्यक्त गरेका थिए ।

कार्यक्रममा पुस्ताकालयमा योगदान पुराउने विभिन्न समाज सेवीहरुलाई सम्मान गरिएको थियो । पुस्ताकालयले विगत ४५ बर्ष देखि हाम्रो पुरुषार्थ नामक साहित्यीक पत्रिका प्रकाशन समेत गर्दै आएको    पुस्ताकालयका अध्यक्ष नरप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सचिव दिन पन्थीको सञ्चालन  रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला