गिरी प्रसाद भुसाल/भदौ २७, गुल्मी । प्रेस सेन्टर नेपाल गुल्मीको प्रथम जिल्ला सम्मेलनले पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गिरी प्रसाद भुसाल/भदौ २७, गुल्मी । प्रेस सेन्टर नेपाल गुल्मीको प्रथम जिल्ला सम्मेलनले पत"/>
2026-09-01 06:33 PM
गुल्मी - GLM

प्रेस सेन्टर गुल्मीको अध्यक्षमा सुनार

गिरी प्रसाद भुसाल/भदौ २७, गुल्मी । प्रेस सेन्टर नेपाल गुल्मीको प्रथम जिल्ला सम्मेलनले पत्रकार  प्रेम सुनारलाई जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको  छ ।  

सो संगठनका केन्द्रिय आयोजक समिति सदस्य समेत रहेका सुनार पहिला पनि त्यस संगठनका जिल्ला अध्यक्ष रहेका थिए ।  सुनारको नेतृत्वमा ११ सदस्यीय जिल्ला  कार्य समिति गठन भएको छ ।

उपाध्यक्षमा गणेश सारु, सचिवमा तिलाचन पाण्डे, सह–सचिमा सुवास महत, कोषाध्यक्षमा  कोषाध्यक्ष राजन केसी, सह कोषाध्यक्ष ईन्द्रा पटेल  चयन गरेको छ । त्यस्तै  कार्य समिति सदस्यहरुमा रामकृष्ण कँडेल, राजन केसीलाई भरत चन्द, हुमकान्त पोखरेल र  दिपक नेपाली  लगायत रहेका छन् ।

सो संगठनका केन्द्रिय सदस्य तिलक महतको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बिरबहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अन्य नेतागणले पनि शुभकामना मन्तब्य राखेका थिए ।

यसै विच प्रेस सेन्टर रुपन्दीको जिल्ला सम्मेलन पनि आज सम्पन्न भएको खवर प्राप्त भएको छ ।  सम्मेलनले  पत्रकार भुवन कार्कीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समित गठन भएको वुटवलबाट पत्रकार तिलक महतले जानकारी दिए ।  त्यहाँको सम्मेलनमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधव शर्माको प्रमुख आतिथ्यता रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली