<p>मङ्सिर ५, काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग पराजित भएका छन् ।<br></p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/538fa25a76e64a18fa0a70588d40bf1e1669011570.jpeg" style="width: 600px; float: left;">नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।</p><p>योगेश गौचन आफ्नो पिताको राजनीतिक विरासतलाई अघि बढाउँदै राजनीतिमा होमिएका हुन् । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका उनी पिता रोमी गौचन विरासत बोकेर पहिलो पटक आम निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् । उनका पिता रोमी गौचन २०७३ मा वाणिज्यमन्त्री थिए ।</p>
कांग्रेसले प्रतिनिधिसभामा पहिलो खाता खोल्यो, २८ बर्षीय युवा विजयी
Leave a Comment

