२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

स्थानिय निकाय निर्धारणमा ढिलाई भएको भन्दै गुल्मीका पत्रकारहरुको चासो

२०७३, १ आश्विन शनिबार १५:२४

प्रेम सुनार | असोज १, गुल्मी । गुल्मीका राजनैतिक दलहरुले ढिलाई गरेको भन्दै यहाँका पत्रकारहरुले दलहरु संग चासो लिएका छन् ।  नेपाल पत्रकार महासंघ गुल्मीले आज दलहरुको धारण बुझेको छ । अन्य धेरै जिल्लाहरुमा दलहरुले सर्वसम्मत रुपमा स्थानिय निकाय निर्धारण गरेर आयोगमा पठाएको तर गुल्मी जिल्लामा दलहरु विच मत भिन्नता भएर ढिलाई भएको प्रति पत्रकारहरुले गुनासो गर्दै  आज सवै दलहरुलाई आमन्त्रण गरेर उनिहरुको धारण बुझेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालले आयोगले निर्धारण गरेको ९ वटा स्थानिय निकाय भन्दा माथी बढाउन नमिल्ने भन्दै अडान लिएका छन्  भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा , नयाँशक्ती पार्टी राप्रपा नेपाल र नेपाल परिवार दलले स्थानिय निकाय बढाउनु पर्ने अडान लिएका छन् ।

कांग्रेस एमालेको अडानलाई माथी उल्लेखित  दल बाहेकका अन्य दलहरुले समर्थन गरिरहेका छन् ।  यि दुई विचको  अडानका कारण ढिलाई भएको स्थानिय निकाय निर्धारण सहयोग समितिका अध्यक्ष स्थानिय विकास अधिकारी डिलाराम पन्थीले बताए   । उनले आयोगले निर्धारण गरेको बढिमा ९ वटा भन्दा बढि बढाउन नमिल्ने जानकारी दिए ।  

स्थानिय निकाय १० देखि १५ वटा सम्म हुनु पर्छ भन्ने अडान लिएको माओवादी केन्द्र , राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र परिवार दल  स्थानिय निकाय बढाएमा जनताले छोटो दुरीमा सरकारी सेवा पाउने र  दुर्गम स्थान सुगम हुने  अडानमा छन् । नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माले , राप्रपाले आयोगले तोकेको ९ वटा भन्दा बढि बनाउन नमिल्ने र बढि स्थानिय निकाय बनाएर आर्थिक भार थेक्ने पनि नसकीने अडानमा छन् । 

आज पत्रकारहरुले जनताको तर्फबाट एक प्रकारको दवाव आएको भन्दै दलहरुको ध्यानकृष्ट गराए पछि  आयोगले निर्धारण गरेको ९ वटा स्थानिय निकाय र अर्को विकल्पका रुपमा १० , वा १३ वटा सम्म स्थानिय निकायको पनि खाका बनाएर माथी पठाउने कुरामा दलहरु  सहमतीको नजिक पुग्न खोजे पनि एक चरण फेरी वसेर अन्तिम टुङ्गे दिने कुरामा लचिलो देखिएका छन् । 

छलफलमा सवै दलका प्रमुख , प्रतिनिधी र पत्रकारहरुको सहभागिता थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वतमान अध्यक्ष घनाश्याम भुसालले सहजकरण गरेका थिए भने सञ्चालन सचिव तारा भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी