प्रेम सुनार | असोज १, गुल्मी । वर्तमान संसदयी राजनैतिक खेलमा झुटको खेती हुने गरेको र जनताको आँखामा छारो हालेर भ्रष्टद्धार हुने गरेको र विशेष गरी शैक्षिक क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | असोज १, गुल्मी । वर्तमान संसदयी राजनैतिक खेलमा झुटको खेती हुने गरेको र जनताको आँखामा छारो हालेर भ्रष्टद्धार हुने गरेको र विशेष गरी शैक्षिक क्"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सत्य वोलेर मर्न तयार हौंः विप्लवका कार्यकर्ता

२०७३, १ आश्विन शनिबार १५:२८


प्रेम सुनार | असोज १, गुल्मी । वर्तमान संसदयी राजनैतिक खेलमा झुटको खेती हुने गरेको र जनताको आँखामा छारो हालेर भ्रष्टद्धार हुने गरेको र विशेष गरी शैक्षिक क्षेत्रमा लुटतन्त्र हावि भएको आरोप लगाउँदै नेत्रविक्रम चन्द ( विप्लप ) नेतृत्वका नेकपा माओवादीका कार्यकर्ताहरुले आफुहरु मर्न तयार रहेको उद्घोष गरेका छन् ।

आज गुल्मीको सदरमुकाम तम्घासमा सो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु  (क्रान्तिकारी ) को १७ औं जिल्ला सम्मेलनमा वोल्ने अधिकांस नेता कार्यकर्ताहरुले हस्तक्षेपकारी भुमिका खेलेर त्यस विरुद्ध लड्दा  ज्यान नै गुमाउनु परे पनि आफुहरु तयार रहेको उद्घोष गरे । सम्मेलनको उद्घाटन गर्दै त्यस पार्टीका केन्द्रिय सदस्य तथा लुम्विनी अञ्चल ईन्चार्ज चन्द्रबहादुर चन्दले  राज्यले दुई खालको शिक्षनीति अवलम्वन गरेर गरिव र  धनीका छोरा छोरीले पढ्ने अलग अलग  विद्यालय बनाएर अन्याय गरेको आरोप लगाउँदै अव आफ्नो  संगठन त्यस विरुद्ध शसक्त ढंगले उत्रिने चेतावनी दिए ।  उनले शैक्षिक क्षेत्रमा माफिया तन्त्र हावि भएको आरोप लगाउँदै भने –‘  विद्यार्थीहरुको जिल्ला सम्मेलन एउटा सानो झिल्को मात्रै हो, अव शैक्षिक क्षेत्रमा विद्यामान विकृति विसंगती ध्वस्त पार्न आन्दोन राँको वाल्ने छौं । ’

अनेरास्वव्यु क्रान्तिकारीका केन्द्रिय सदस्य प्रेमचन्द भुसालले शैक्षिक दलालहरु विरुद्ध आफ्नो संगठन उत्रिए पछि त्रसिद भएर आफुहरु निकट विद्यार्थीहरुलाई संगठिन हुन नदिने गरेको आरोप लगाए । उनले विद्यार्थीहरुलाई सम्वोधन .गर्दै भने– ‘शैक्षिक दलालहरुले असत्य कुरा गरेर व्रम्हालुट गरेका छन् । तर तपाईहरु यो कुरा बुझ्नुस गलत कुरा गरेर बाँच्नु भन्दा सत्य कुरा गरेर मर्न वेस हुन्छ । यसर्थ सत्यको पक्षमा मर्न तयार हुनुहोस् । ’

उनले अव्यवहारिक शिक्षा नीतिको कुनै अर्थ नभएको भन्दै भने–‘  चिनमा हामीले खेलाउने मोवाईल त्यहाँका कक्षा ८ र ९ पढ्दै गरेका विद्यार्थीहरुले बनाएका मोवाईलहरु हुन तर त्यस्ता विद्यार्थीहरुले बनाएका मोवाईलहरु यहाँका व्याचलर बढेका शिक्षकहरुले मिसकल कहाँबाट आयो भनेर पत्ता लगाउन समेत सक्दैनन् । ’

कार्यक्रममा सो पार्टीका गुल्मी जिल्ला सेक्रटरी विष्णु पन्थ , जनवर्गिय संगठन प्रमुख खिम खड्का लगायका नेताहरुले पनि मन्तव्य राखेका थिए । जिल्ला सम्मेलन आयोजक समिति सदस्य मुक्ती गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शंकर कुँवरको स्वागत मन्तव्य र माधव पाण्डेको सञ्चालन रहेको थियो । अहिले बन्द सत्र चलिरहेको र वन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने जनाईएको छ ।,

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी