२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै

२०७९, १० चैत्र शुक्रबार १०:०७

चैत १०, रुकुम | रुकुमपश्चिममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाभर ९२ पक्की विद्यालय भवन निर्माण भइरहेका छन् । चालु आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको हो । 

छ स्थानीय तह मिलेर बनेको रुकुमपश्चिममा तीन गाउँपालिका र तीन नगरपालिका छन् । त्यसमा सबै स्थानीय तहमा अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोट भएका पक्की विद्यालय भवन निर्माणको काम जारी छ ।

केही ठाउँमा विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा छ भने केही ठाउँमा एक तलाको काम सम्पन्न गरेर दुई तलाको काम चलिरहेको छ । सानीभेरी गाउँपालिकामा राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १७ सामुदायिक विद्यालय छनोट भएकामा सबै सामुदायिक विद्यालयका भवन निर्माणको काम भइरहेको गाउँकार्यपालिका प्रवक्ता पहलसिंंह घर्तीले बताउनुभयो । 

त्यस्तै त्रिवेणी गाउँपालिकामा पनि सो कार्यक्रमअन्तर्गत छनोट भएका २४ सामुदायिक विद्यालयका भवन निर्माणको काम जारी रहेको गाउँकार्यपालिकाका प्रवक्ता सुन्दर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै विद्यालय भवन ठेकेदारमार्फत निर्माण भइरहेका छन् भने कुनै स्थानीय निर्माण समितिमार्फत काम भइरहेको छ । 

निर्माणकार्य सञ्चालन भइरहेका सामुदायिक विद्यालयमा गाउँपालिकाले बेला–बेलामा अनुगमन पनि गरिहेको त्रिवेणीका प्रवक्ता ओलीले बताउनुभयो । चालु आवमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आठबीसकोट नगरपालिकामा १९, चौरजहारी नगरपालिकामा १२, बाफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा १०–१० सामुदायिक विद्यालयका भवन निर्माण कार्य जारी छ । 

निर्माण भइरहेका सामुदायिक विद्यालयमा दुईकोठे, चारकोठे भवन हुनेछन् । त्यसमा दुईकोठे भवन निर्माणका लागि रु २५ लाख र चारकोठे भवनका लागि रु ५० लाख बजेट खर्च हुने छ । उक्त सामुदायिक विद्यालयमा भवन निर्माण गर्न चालु आवमा रुकुमपश्चिममा ९२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो