२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरामा फेवा नववर्ष महोत्सव हुने

२०७९, २४ चैत्र शुक्रबार १२:२१

चैत २४, पोखरा | होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । 


उहाँले नयाँ वर्षमा पोखरा जाने पर्यटकलाई लक्षित गरी होटल बुकिङमा २० प्रतिशत छुट दिएको बताउनुभयो । “कोरोनाबाट प्रभावित पर्यटन बिस्तारै सकारात्मक हुँदै गएका अवस्थामा पछिल्लो समयमा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतिले पर्यटन आगमनमा असर परेको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धन गरी पोखराको पर्यटनलाई चलायमान बनाउन होटल सङ्घ पोखरा लागेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र धराशयी बन्दै गएको उहाँको भनाइ छ । 

“अहिलेको पर्यटकीय यामको ९० प्रतिशत वरपर ‘अकुपेन्सी’ हुनुपर्ने हाम्रा होटलमा क्षमताको २० प्रतिशत हाराहारी मात्र पर्यटक हुनु दुर्भाग्य हो”, अध्यक्ष सुवेदीले भन्नुभयो ।

होटल सङ्घ नेपालका द्वितीय उपाध्यक्ष प्रवीनबहादुर पाण्डेले नेपाल सरकारले पर्यटक भित्र्याउनका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको प्रवद्र्धन लागि राज्य  र व्यवसायी एकाकार भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

होटल सङ्घ पोखराका पूर्वअध्यक्ष भरतराज पराजुलीले नेपाली नयाँ वर्षका बारेमा विदेशीलाई चिनाउनका लागि नयाँ वर्ष पारेर महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव आयोजना हुने उहाँको भनाइ छ ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइने होटल सङ्घ पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै