२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सञ्चालनको एक वर्षपछि चलायमान हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

२०८०, ३ बैशाख आईतवार ०९:२३

बैशाख ३, भैरहवा | औपचारिक उद्घाटन भएको ठिक एक वर्षपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुने संकेत देखिएको छ । अघिल्लो वर्षको जेठ २ गते उद्घाटन गरिएको उक्त विमानस्थलबाट विभिन्न चार्टड उडान भए पनि हालसम्म विदेशमा नियमित उडान हुन सकिरहेको छैन ।

यसैबीच, नेपाल वायुसेवा निगमले आगामी जेठ दोस्रो सातादेखि यो विमानस्थलबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पूर उडान गर्ने निश्चित भएको छ । यो विमानस्थलबाट नयाँ दिल्ली र क्वालालम्पूर उडान भएपछि चहलपहल बढ्ने अपेक्षा गरिएको हो ।

भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पूर नियमित उडानको तयारी गर्न कार्यदल गठन गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । जेठको दोस्रो सातादेखि कम्तीमा दुई गन्तव्यमा उडान गर्न सकिने प्रवक्ता पौडेलको भनाइ छ ।

उक्त विमानस्थलबाट उडान अनुमति, जनशक्ति, प्राविधिक तयारी, बजारीकरण लगायत काममा तीव्रता दिन वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको छ ।

उडान अनुमतिका लागि मलेसिया र भारत एवं हवाई मार्गमा पर्ने सम्बन्धित देशमा समन्वयको कार्य अगाडि बढाइसकिएको र अनुमति प्राप्त हुनासाथ टिकट बुकिङ खुला गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै