२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल–भारत सम्बन्धको नयाँ सेतु निर्माणमा जोड

२०८०, ३ बैशाख आईतवार १०:१५

बैशाख ३, काठमाडौँ | भारतको उत्तराखण्ड र  नेपालको सुदूरपश्चिम प्रदेशबीच एकीकृत अर्थसामाजिक विकास योजनाको सम्भावना खोज्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलन आयोजना गरिएको छ । 

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको उक्त सम्मेलनका सहभागी प्राज्ञ तथा जानकारले दुई देशबीच धार्मिक, सांस्कृतिक, भौगोलिक, आर्थिकलगायतका विविध आयामबाट जोड्न सक्नेगरी मानसखण्डको ऐतिहासिक अन्वेषणको आवश्यकता औंल्याए । सम्मेलनको उद्घाटन गर्नुहुँदै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलेयस  क्षेत्रको एकीकृत अर्थसामाजिक विकासका लागि मानसखण्ड करिडोरको अवधारणाले मार्गदर्शन गर्ने बताउनुभयो । जलस्रोत उपयोग, धार्मिक पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा दुई देशबीच समन्वयको आवश्यकता उहाँले औंल्याउनुभयो । 

“मानसखण्ड क्षेत्रको हाम्रो सभ्यता, संस्कृति, रहनसहन समान छ, र यो अहिले पनि कायम छ”, उहाँले भन्नुभयो– “यसैमा आधारित भएर हामीले आर्थिक सम्बन्धलाई पनि बलियो बनाउन आवश्यक छ ।” नेपाल र भारतले संयुक्त लगानीमा सुदूरपश्चिम प्रदेशका नदीबाट विद्युत् उत्पादन गरी एसियाली बजारमा पु¥याउन सकिन्छ । 

यस क्षेत्रको विकासका लागि सामाजिक, सांस्कृतिक र आर्थिकरुपमा एकतावद्ध भएर जानुपर्ने मुख्यमन्त्री शाहको धारणा थियो । प्राकृतिक स्रोतको उपयोगका लागि पनि संयुक्त पहल गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । सुदूरपश्चिमको जलस्रोत उपयोग र कनेक्टिभिटी पूर्वाधार निर्माणका लागि समन्वय र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री शाहको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिम र उत्तराखण्ड क्षेत्रलाई भूराजनीतिक रुपमा फरक बनाए पनि  सामाजिक, साम्प्रदायिक र सांस्कृतिक रुपमा  सदियौंँदेखि एकताबद्ध रहेको बताउनुभयो । सुदूरपश्चिमका विभिन्न ऐतिहासिक प्रसङ्ग उल्लेख गर्नुहुँदै रावलले तिनै धार्मिक, सांस्कृतिक समानताले दुई देशका नागरिकबीच अहिले पनि निकै कसिलो सम्बन्ध कायम गरिराखेको बताउनुभयो । 

सम्मेलनमा अन्तर्राष्ट्रिय सहयोग परिषद्का अध्यक्ष श्याम पाण्डेले सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा कसरी जोडिएका छ्न भन्ने विश्लेषण गरेर मानसखण्ड करिडोरका लागि पहल गरिनुपर्ने बताउनुभयो । सामाजिक रुपमा सधैँ मिलेर बसेको उल्लेख गर्नुहुँदै उहाँले धार्मिक पर्यटन, रोजगार, कृषिजस्ता जनजीविकासँग जोडिएका क्षेत्रलाई समेटेर मानसखण्ड करिडोर कनेक्टिभिटी तयार पारिनुपर्ने बताउनुभयो ।

अहिलेको भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेश जोड्ने मानसखण्ड क्षेत्रलाई पौराणिक रुपमा उल्लेख गरिएको आचार्य घनश्याम लेखकको भनाइ छ । स्कन्द पुराणले  कुमाउँको नन्द पर्वतदेखि कर्णालीको काकगिरि (कागमारालेक) सम्मको भूभागलाई मानसखण्डका रुपमा परिभाषित गरेको लेखकले बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा अन्तर्राष्ट्रिय सहयोग परिषद्, कुमाउँ विश्वविद्यालय, नेपाल–भारत सहयोग मञ्च, महाकाली साहित्य मञ्चलगायत प्राज्ञिक संस्थाको समन्वय रहेको छ । नेपाल–भारत सभ्यता र सांस्कृतिक सम्पर्क निर्माणको अपरिहार्यता मुख्य विषयवस्तु रहेको मानसखण्ड सम्मेलनमा यस क्षेत्रका पौराणिक तथा पुरातात्त्विक करिडोर, धार्मिक पर्यटनसँगै तीर्थयात्रीको अधिकार तथा सुरक्षा, मन्दिर अर्थतन्त्रलगायत विषयमा नेपाल र भारतका प्राज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सम्मेलन तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै