२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरी परिसरमा युवराज सफलमाथि आक्रमण प्रयास

२०८०, ३ बैशाख आईतवार १२:१६

बैशाख ३, काठमाडौँ | जिल्ला प्रहरी परिसर काठमाडौँको परिसरमा सिन्धुलीका युवराज पौडेल ‘सफल’लाई एउटा समूहले आक्रमण प्रयास गरेको छ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले उनलाई आक्रमण प्रयास गरेका हुन् ।

युवराजले लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आइतबार सफलले आफूलाई गाली गरेको भन्दै एक युवती प्रहरीकहाँ गएकी थिइन् । 


उनको आरोप थियो– ‘अन्तर्वार्ता लिन बोलाउँदा सफलले मलाई गाली गरे ।’ युट्युब च्यानल सञ्चालन गर्ने ती युवतीलाई प्रहरीले गाली बेइज्जती मुद्दा प्रहरीमा दर्ता नहुने भन्दै अदालत जान आग्रह गरेको थियो ।

त्यहिबेला सफल पठाओ चढेर टेकु परिसरमा पुगे । प्रहरी कार्यालयमा पुग्नासाथ रविका समर्थकले उनलाई दुर्व्यवहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।

‘सफल एसएसपी दानबहादुर सरलाई भेट्छु भन्दै थिए’ जिल्ला प्रहरी परिसरका एक जना अधिकृतले भने–‘त्यसबेला सबैले घेरेर उनलाई आक्रमण प्रयास गरेका हुन् ।’ 

प्रहरी अधिकृतहरूले आक्रमण प्रयास भएपछि सफललाई त्यहाँबाट पठाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै