२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गायक शेर्पा भन्नुहुन्छ ‘गायनमा निरन्तरता नै सफलता हो’

२०८०, ५ बैशाख मंगलवार ०६:५७

वैशाख ५, काठमाडौं | रियालिटी शोमार्फत उदाउनुभएका गायक कर्मा शेर्पा गत हप्ता नेपालमा हुनुहुन्थ्यो । काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का सहभागी प्रतियोगीलाई हौसला प्रदान गर्न यहाँ आउनुभएका शेर्पाले प्रतियोगीसँगै एक हप्ता बिताउनुभयो । प्रतियोगीलाई उहाँको सुुझाव थियो, “कलामा निरन्तरता महत्वपूर्ण हो ।”  

“विश्वभरका नेपाली अहिले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहनुभएको छ । उहाँहरुलाई आफ्नो अनुभव र ज्ञान प्रदान गर्नुका साथै हौसला दिन यहाँ आएको हुँ”, गायक शेर्पाले भन्नुभयो । 

भारतीय गायन रियालिटी शो ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’का प्रतियोगी गायक शेर्पाले आफ्नै सङ्गीत संस्थानको स्थापना गरी नव प्रवेशीलाई मार्गदर्शनसमेत गरिरहनुभएको छ । अन्य नवप्रतिभाहरुलाई दिने सुझावजस्तै उहाँको पनि कलामा निरन्तरता छ ।   

“म यो मञ्चसम्म पुग्न निकै सङ्घर्ष गरेको छु । अरूले पनि त्यहि सङ्घर्ष गर्न नपरोस् भनेर काम गरिरहेको छु । किनकि धेरै प्रतिभा गन्तव्यसम्म नपुग्दै हाराउने गरेका छन्”, गायक शेर्पाले भन्नुभयो । 

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा यहाँ जारी प्रतियोगिताका सहभागीलाई उहाँले भन्नुभएको थियो ‘‘म पनि सहजै यो स्थानमा पुगेको होइन । प्रत्येक कला क्षेत्रका कलाकारका लागि पनि निरन्तरता र मेहनत महत्वपूर्ण छ ।’’

उहाँले दार्जीलिङमै छँदा त्यहाँ आयोजित एक गायन प्रतियोगितामा भाग लिने अवसर पाउनुभएको थियो । प्रतियोगितामा उहाँ उत्कृष्ट दशमा पर्न सक्नुभएन । “जब उत्कृष्ट दशको पत्रिकामा नाम आयो तब मेरो नाम थिएन”, उहाँले विगत सम्झनुभयो, “पत्रिकामा नाम नदेखेपछि रुँदै घर फर्किएँको थिए ।” 

‘सारेगमपा सिङ्गिङ सुपरस्टार’बाट पनि उहाँ प्रतियोगीकै रूपमा बाहिरिनुभयो । भारतीय सङ्गितकार विशाल एण्ड शेखरको समूहमा रहनुभएका गायक शेर्पाले अन्तिम समयमा राम्रो प्रस्तुती हुँदा पनि बाहिरिनुभएको थियो । 

“बाहिरिएपछि मञ्च पछाडि रुँदै गर्दा मलाई विशाल सर सम्झाउँदै भन्नुभयो, योभन्दा राम्रो अवसरले पर्खिएको हुनसक्छ अगाडि बढ्नुहोस्”, उहाँले सुनाउनुभयो । उहाँ साङ्गितक कार्यक्रमका क्रममा विश्वका कैयौँ देशमा आफ्नो प्रस्तुति दिइसक्नुभएको छ ।  

पछिल्लो समय प्रशारित भइरहेका यस्ता रियालिटी शोहरु वास्तविकताभन्दा पर रहेको उहाँको बुझाइ छ । “पहिले जस्तो निर्णायकले प्रतिक्रिया दिँदैनन्, तारिफ मात्रै गर्छन्”, उहाँले भन्नुभयो, “हामीले गाउने समयमा अलिकति तलमाथि हुँदा पनि कडा प्रतिक्रियाको सामना गर्नुपर्थ्याे ।”

उहाँको बुझाइमा अहिले दर्शक निर्णयक बनेका छन् भने भोटबाटै उत्कृष्ट गायक छनोट हुन थालेका छन् । पचासभन्दा बढी देशबाट छानिएका मध्येबाट नृत्य र गायनमा ५०÷५० प्रतियोगी छनोट गर्न हाल काठमाडौँमा अडिसन जारी छ । 

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा हुनुहुन्छ । यसैगरी नृत्यतर्फ निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई हुनुहुन्छ । कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ हुनुहुन्छ । 

नेपालमा आयोजना गरिएको यो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख पुरस्कार प्राप्त गर्नेछन् । 

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको जनाइएको छ । फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै