२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो

२०८०, ७ बैशाख बिहीबार ०६:५५

बैशाख ७, जलेश्वर | मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

आमाबुवालाई भगवान्को स्वरुपको रूपमा लिइएमानिने  सो स्थानमा आज आमाको मुख हेर्ने दिन भक्तजनको घुँइचो लागेको हो । जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएको लोहारपट्टी नगरपालिकाको वडा नं १ बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थल पौराणिक एवं धार्मिक महत्वको रहेकाले  यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएको स्थानीय रामकृष्ण यादवले बताउनुभयो ।

द्वापर युगमा श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोराको मृत्यु भएको सुनेपछि आफ्नो प्राण पनि त्याग गरेको किंबदन्ती छ ।

टाढा टाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकाले  विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेकामा  आमाको मुख हेर्ने वा बुवाको मुख हेर्ने दिनमा भने अत्यधिक भीड हुने स्थानीयवासी हेमशङ्कर यादवले बताउनुभयो ।

आजका दिन यस यस स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस दर्शनका लागि आउने गरेको अर्का स्थानीयवासी शिवचन्द्र यादवले बताउनुभयो ।

द्वापर युगमा श्रवणकुमारले तिर्खाएका आफ्ना अन्धाअन्धी आमाबुवालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन नजिकैको महदैया तपनपुरको कमलदहमा पानी लिन गएको बेला राजा दशरथको शब्दभेदी वाण लागी उनको मृत्यु भएको थाहा पाएपछि ती बृद्ध दम्पतीले पनि यसै स्थानमा प्राण त्याग गरेका थिए ।

अन्धाअन्धीले प्राण त्याग गरेकाले यो स्थान अन्धाअन्धी स्थानको नामले चर्चित भएको र कालान्तरमा मन्दिर पनि बनाइएको थियो । पछिल्लो समय सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्वद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक  तथा एतिहासिक स्थल ओझेलमा पर्दै गएको स्थानीयवासीले आरोप लगाउँदै यो स्थललाई े संरक्षण र सम्वद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न सम्बन्ध निकायसँग जोडदार माग गरे  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै