२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समोसा बेचेर जीवन चलाउँदै शिवलाल

२०८०, ८ बैशाख शुक्रबार ०९:००

वैशाख ८, भजनी । कैलालीको टीकापुर नगरपालिका–१ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो । उहाँको नामभन्दा बढी परिचित समोसा र समोसा बनाउने  ठेला छ । बीस वर्षदेखि त्यहीँ ठेला, त्यहीँ समोसाको    स्वाद जुन अझै उस्तै छ । त्योभन्दा अनौठो कुरा समोसा बेचेर परिवर्तन भएको उहाँको जीवनशैली र पूरा भएको सपना ।

अन्यका घरमा कमैया गरेर जीविका चलाउँदै आउनुभएका शिवलालको सपना थियो एउटा आफ्नै घर बनाएर  बस्ने । कमैया भएर अरूको घरमा काम गर्दाको पीडाभन्दा साहुका बोली वचन र परिवारको स्थिति देखेर सधँै चिन्तामा हुने शिवलाल छोराहरुको भविष्य बनाउनका लागि त्यहाँबाट बाहिर निस्कनुभयो । त्यही सपनाले कुनै दिन कमैयाको काम छोडेर सडक किनारमा बदाम बेच्न सुरु गर्नुभएका उहाँले बदाम नहुने याममा तरकारी व्यापार गर्दै सपनालाई साकार बनाउनतिर लाग्नुभयो । “चारजनाको परिवार, छोराहरू सानै, साहुको घर छोडेर भाडाको बसाइ हाम्रा लागि निकै महँगो भयो”, शिवलाल भन्नुहुन्छ,  “के खाने भन्ने थियो । त्योभन्दा बढी चिन्ता घरको भाडा तिर्न हुन्थ्यो । त्यो बेलाको दुःख सम्झियो भने अझै विरक्त लागेर आउँछ । मनमा निकै पीडा महसुस हुन्छ ।”

अहिले शिवलालको जीवनी निकै फेरिएको छ । उहाँले अन्तिम व्यापारका रुपमा एउटा ठेलामा समोसा बनाएर बेच्न सुरु गरेपछि उहाँले पछाडि फर्केर हेर्नुपरेको छैन । समोसा बेचेरै उहाँले जग्गा खरिद गर्नुभयो । एउटा सुन्दर घर पनि बनाउनुभयो । समोसासँगै अन्य फास्टफुडका परिकार पनि थप्दै जानुभयो । तर शिवलालको समोसा जति परिचित अरू परिकार बन्न सकेनन् । त्यतिमात्र होइन दुई छोराहरूलाई पनि व्यापारमा लगानी लगाउनुभयो । “कमाई कति गरे त्यो कुनै लेखाजोखा केही  छैन । समोसा बेचेरै मैले आफ्ना सपना पूरा गरेको छु”, उहाँ भन्नुहुन्छ, “दुवै छोरा व्यापार गर्छन् । अहिले सबै आ–आफ्नो कमाएर खाने स्थितिमा पुगेका छौँ ।”

 शिवलालले समोसा बेच्न सुरु गर्नुभयो त्यो बेला दुई समोसाको पाँच रुपैयाँ पथ्र्यो । अहिले समय निकै बदलिएको छ । तत्कालीन समयमा रु पाँचका दुई समोसा बेच्ने उहाँ अहिले रु २० को एउटा समोसा बेच्नुहुन्छ । ग्राहकको कमी छैन । दैनिक सातदेखि १० हजारसम्मको पनि व्यापार हुन्छ । राम्रो आम्दानी गर्दै आउनुभएका शिवलालको सफलतमा उहाँकी श्रीमती  राजकुमारी  ठूलो देन छ । शिवलालले गरेका हरेक सङ्घर्षमा सँगसँगै हिँड्नुभएकी राजकुमारी नै आफ्नो प्रेरणा भएको उहाँ बताउनुहुन्छ । “मैले व्यापार गर्दादेखि आजसम्म श्रीमान्श्रीमती छुटिनुपरेको छैन । श्रीमतीले समोसा बनाउने काम गर्छिन् । म पकाउने र बिक्री गर्ने”, शिवलालले भन्नुभयो, “साथमा सहयोगी राम्रो भयो भने पनि मान्छे विचलित नहुँदो रहेछ ।”

शिवलालले छोराहरूलाई पनि राम्रो शिक्षा दिएर दक्ष बनाउने अर्को सपना थियो । त्यो सपना भने पूरा हुन नसकेको उहाँ बताउनुहँन्छ । छोराहरूले सीप सिकेर आफैँ स्वरोजगार बनेकामा भने गर्व छ । उहाँको जेठो छोरा मोटरसाइकल मर्मतसम्भारको ग्यारेज खोलेर बस्नु भएको छ भने कान्छो छोरा काठमाडौँमा व्यापार गर्नुहुन्छ ।

उहाँ पैसाकै लागि विदेश जानु मूर्खता भन्नुहुन्छ । कामको सम्मान गर्न सिकेको मान्छेले विदेसिनु नपर्ने उहाँको भनाइ छ । “विदेशमा जस्तो पनि काम गर्न सक्ने मान्छे समाजमा काम गर्न लाज मान्छ । समाजका अगाडि आदर्श बनेको हाम्रो बानीले हाम्रो नियत बिगारेको छ”, उहाँ भन्नुहुन्छ, “नभए यतै पनि कमाई राम्रो छ । महिनाभरि काम गरेर विदेश कमाउने पैसा त्यति मिहेनत स्वदेशमा गरे कमाउन गाह्रो छैन ।  किन विदेश जानुप¥यो ?”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै