कमल सुबेदी/असोज १०, पोखरा । पुष्पकमल दाहाल सरकारले भारत भ्रमणका क्रममा गरेका सम्झौताको विरोधमा सोमबार पोखराका बिद्यार्थीहरु सडकमा निस्केका छन ।  
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/असोज १०, पोखरा । पुष्पकमल दाहाल सरकारले भारत भ्रमणका क्रममा गरेका सम्झौताको विरोधमा सोमबार पोखराका बिद्यार्थीहरु सडकमा निस्केका छन ।  

2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सरकारको बिरोधमा पोखरामा बिद्यार्थीहरु सडकमा


कमल सुबेदी/असोज १०, पोखरा । पुष्पकमल दाहाल सरकारले भारत भ्रमणका क्रममा गरेका सम्झौताको विरोधमा सोमबार पोखराका बिद्यार्थीहरु सडकमा निस्केका छन ।  

हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टीकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिने, नेपाल सरकार र भारतीय दुतावासलाई समान स्तर बनाउने, विदेश मामलामा नेपाल र भारतको एउटै धारणा हुने जस्ता राष्टघाती निर्णय गरेको भन्दै त्यसको खारेजिको माग गर्दै अनेरास्ववियु त्रिबि जिल्ला कमिटिलको नेतृत्वमा बिद्यार्थीहरु सडकमा निस्केका हुन् जुलुसमा सहभागी विद्यार्थीहरुले हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ, कठपुतली सरकार मुर्दावाद, कैलाली हत्याकाण्डका दोषिलाई कारबाही गर लेखिएका  प्लेकार्ड बोकी सडक परिक्रमा गरेका थिए । 

पोखराको पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु भएको जुलुस, बिन्ध्यवासिनी चोक, माथिल्लो क्याम्पस गेट हुदै पुनः पृथ्वीनारायण क्याम्पस गेट अगाडि आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायले सरकारले गरेका राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज नभए ज्ञानेन्द्र सरकार विरुद्ध गरेजस्तै आन्दोलन बाट नै सरकार ढलाउने चेतावनी दिए । 

विद्यार्थीहरुको आन्दोलन बाट देशमा धेरै राजनितिक परिवर्तन भएको उल्लेख गर्दै  उनले यो आन्दोलन लाई सानो नसम्झन समेत चेतावनी दिए ।उनले भने आवश्यक परे विद्यार्थीहरुको आन्दोलनको आधिबेहरी  सृजना गर्ने बताए । 

यस्तै अनेरास्ववियु गण्डकी संयोजक सरिता पुरीले सरकारको गलत कदम विरुद्ध सुरुवात गरिएको आन्दोलनका मागहरु सम्बोधन नहँुदासम्म अझै दबाब मुलक ढंगबाट  अगाडी बढ्नु पर्ने  बताइन । कार्यक्रमका सभापती तथा त्रिवि जिल्ला कमिटी अध्यक्ष विवेक देबकोटाले राष्ट्रघातीको विरुद्धमा सबै नेपाली एक हुनुपर्ने बताए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई