Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कुष्ठरोग रोकथाम बारे महिला स्वास्थ्य स्वय्मसेवीकाहरुलाई अभिमुखीकरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ११, कपिलवस्तु । कुष्ठरोग रोकथामका बारेमा कपिलवस्तुमा महिला स्वास्थ्य स्वयमसेवीकाहरुका लागी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

जिल्लाको बाणगंगा १० स्थित गजेहडा स्वास्थ्य चौकीमा कुष्ठरोग रोकथाम तथा नियन्त्रण (एल.पि.इ.पि) परियोजना कार्यान्वयन अन्तरगत साविक गजेहडा स्वास्थ्य चौकी क्षेत्रभित्र कुष्ठरोग निरोधक औषधी ‘रिफामपिसीन’ यही असौज १६ गते बाट खुवाउन सुरु गरिने भएकाले तयारी स्वरुप २१ जना महिला स्वास्थ्य स्वय्मसेवीकाहरुलाई अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा जिवनका लागी हातेमालो बुटवलका स्वास्थ्य अधिकृत संगिता श्रेष्ठ,गजेहडा स्वास्थ्यचौकी का सिनियर अ.हे.व.अधिकृत द्धय कमल ज्ञवाली र द्रोण प्रसाद बेल्बासेले सहजीकरण गर्दै प्रशिक्षण दिनुभएको थियो ।

उक्त औषधी कुष्ठरोग विरामी घरपरिवारका सदस्यहरु , नजिक छिमेकी घरपरिवार सदस्यहरु र हप्तामा २० घण्टा विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई खुवाइने गजेहडा स्वास्थ्य चौकी ले जानकारी दिएको छ ।