2026-07-24 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देउवाका छोरा जयवीर र कभर गायिका शिवानाले गरे इन्गेजमेन्ट

जेठ १९, काठमाडौँ | कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग औपचारिक रुपमा इन्गेजमेन्ट गरेका छन् । बिहीबार बेलुका आयोजित भव्य समारोहमा दुवै पक्षका परिवार र आफन्त उपस्थित थिए ।

इन्गेजमेन्ट समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए । दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशीर्वाद दिएका छन् । इन्गेजमेन्टपछि आयोजित पार्टीमा अन्य अतिथि रमाइरहेको देख्न सकिन्छ ।

तस्वीरमा जयवीर र शिवानालाई टीका र मालामा देख्न सकिन्छ । जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि पारिवारिक जमघटमा बल्ल समारोह भएको हो । जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । आगामी भदौमा उनीहरुले विवाह गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

जयवीरले आफ्नै व्यवसाय चलाइरहेका छन् भने शिवानीले अनलाइनमार्फत सौन्दर्य प्रसाधनको व्यवसाय गर्छिन् । उनी कभर गायिका समेत हुन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीतहरु सार्वजनिक गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन