Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

किशोरीहरुलाई आइरन र फोलिक एसिड खुवाउनेबारे अभिमुखीकरण

By kit 3 मिनेट पढाइ

असोज १२, कपिलवस्तु । किशोरीहलाई साप्ताहिक आइरन र फोलिक एसिड खुवाउने बारे अभिमुखीकरण कार्यक्रम गजेहडा स्वास्थ्य चौकीमा आज गरिएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक, फोकल शिक्षक, महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य चौकी का कर्मचारी हरुलाई किशोरीहरुको रगतमा हेमोग्लोविन तत्व कम भएमा रक्त अल्पता हुने र सो को रोकथामका लागी आइरन र फोलिक एसिड खुवाउनुपर्ने कुरा बताइएको थियो ।

सरकारले देशभर प्रत्यक बर्ष श्रावण र माघ महिनाको पहिलो हप्ताबाट उक्त औषधी खुवाउने गरेपनि कपिलवस्तुमा भने विविध कारणले कार्तिक ४ गते बाट खुवाइने गजेहडा स्वास्थ्य चौकी का इन्चार्ज रामशरण यादवले जानकारी दिनुभयो ।

त्यस्तै स्वास्थ्य चौकी का सिनियर अ.हे.व. अधिकृत द्रोण प्रसाद बेल्बासेले आइरन र फोलिक एसीड पहिलो पटक लगातार १३ हप्ता सम्म खुवाइने, १३ हप्ता सम्म स्थगित पछि फेरी अर्काे १३ हप्ता खुवाइने बताउनु भयो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति कबिराज भण्डारी ले कार्तिक ४ गते बाट खुवाउन सुरु गरिने आइरन  र फोलिक एसिड १० देखी १९ बर्षमुनि का सवै किशोरीहरुलाई खुवाउन शिक्षक र महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आग्रह गर्नुभयो ।

फाइल तस्विर: रक्तअल्पता भएकी किशोरी