2026-11-02 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रिजनल अस्पतालद्धारा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषणा

असोज / १३ पोखरा
पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा अस्पतालमा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषण गरेको छ । यहि असोज ३ र ४ गते अस्पतालमा अप्रेशन पश्चात जन्मिएका दुई जना बच्चालाई अस्पतालबाट प्रवाह हुने सबै सेवा जिवनभर निशुल्क दिने घोषण गरिएको हो । अस्पतालले हालै एक कार्यक्रमको आयोजना गरी स्याङ्ग्जा छिनेबास ९ का केशब मरासिनी र सुस्मिता पौडेल तथा लमजुङ्ग नौथान १ का सन्तोष लौडारी र सबिना पौडेलले जन्म दिएका २ जना बच्चाहरुलाई अस्पतालले प्रवाह गर्ने सबै सेवा निशुल्क गर्ने घोषण गर्दै प्रतिबद्धतापत्र प्रदान गरेको छ ।
साथै त्यी दुबै बच्चाले भबिष्यमा अस्पतालसँग आबद्ध रहेको रिजनल कलेज अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजीमा भएका जुन सुकै कोर्षहरु अध्ययन गर्न चाहेमा निशुल्क पढाई दिने पनि घोषण गरिएको अस्पतालका अध्यक्ष जगत बहादुर खड्काद्वारा जारी गरिएको प्रतिबद्धतापत्रमा उल्येख गरिएको छ । त्यी दुई बच्चालाई स्त्री तथा प्रसुती रोग बिशेषज्ञद्वय डाक्टर तारा गुरुङ र डाक्टर लक्ष्मी सुनारले अप्रेशन प्रश्चात बाहिर निकालेका थिए ।
अस्पतालका अध्यक्ष जगत बहादुर खड्काको अध्यक्षतामा प्रतिबद्धतापत्र हस्तान्तरण कार्यकम सम्पन्न भएको थियो ।अत्याधुनिक सेवा सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको छ ।आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द