२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँमा दुई जना मृत फेला

२०८०, १९ असार मंगलवार ०७:४३

असार १९, काठमाडौँ | काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत फेला परेका छन् । तारकेश्वर र कागेश्वरी मनोहरामा दुईजना पुरुष मृत अवस्था फेला परेका हुन् ।

तारकेश्वर नगरपालिका-४ मिलनबस्तीस्थित खाजा पसलमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-७ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने ४० वर्षीय अशोक पौडेल सोमबार मृत अवस्थामा फेला परेका छन् ।  यसैगरी काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-१ कुँवर गाउँमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भई कागेश्वरी मनोहरा नगरपालिका-१ सूर्यमण्डली बस्ने ७५ वर्षीय गोरे कामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।  

उता नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका-१६ अमरापुरी बस्ने ७० वर्षीय लाल बहादुर कडेंल आफ्नै घर अगाडि रहेको खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् भने कञ्चनपुरको बेदकोट नगरपालिका-३ बजार अनमोल होटेल नजिक पानी जमेको खाल्डोमा बेदकोट नगरपालिका-१ चम्फापुर बस्ने ३७ वर्षीय लक्ष्मण भट्ट सोमबार मृत अवस्थामा फेला परेका छन् । 

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-९ कौवाटोलीस्थित कोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

पर्साको वीरगंज महानगरपालिका-३२ सोलकपुरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु