मनिष गुप्ता | असोज १४, कपिलवस्तु | बजारमा गुणस्तरहीन खाद्यपदार्थ विक्रीवितरणले उपभोक्ताले हैरानी खेप्नुपरेको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय कपिलवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मनिष गुप्ता | असोज १४, कपिलवस्तु | बजारमा गुणस्तरहीन खाद्यपदार्थ विक्रीवितरणले उपभोक्ताले हैरानी खेप्नुपरेको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय कपिलवस"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चाडपर्वसँगै प्रशासनद्वारा बजार अनुगमनमा तिब्रता

२०७३, १४ आश्विन शुक्रबार १५:१५


मनिष गुप्ता | असोज १४, कपिलवस्तु | बजारमा गुणस्तरहीन खाद्यपदार्थ विक्रीवितरणले उपभोक्ताले हैरानी खेप्नुपरेको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमनमा तिब्रता दिएको छ ।

जिल्लाको तौलिहवा, जितपुर ४ नं., गोरुसिंग लगायतका स्थानमा अनुगमन गरिसकेको टोलीले शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीको अगुवाईमा चन्द्रौटाका होटल, किराना,  मिठाई, फलफूल, मदिरा लगायत एकदर्जन बढी पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची टाँस नगरिएको, नगरपालिका तथा सम्बन्धित अन्य निकायमा दर्ता नभएको, केही पसलहरुमा अत्यधिक फोहोरो भएको, सडेका फलफुल राखिएको फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी वुढाथोकीले बताउनुभयो । साथै केही पसलमा फेला परेका म्याद नाघेका सामान सिज गरिएको टोली प्रमुख सहायक प्रजिअ बुढाथोकीले जनाउनुभयो ।

सहायक प्रजिअ बुढाथोकीले अब गल्ती नदोर्याउन सुझाव दिएको र एक हप्ताभित्र सम्बन्धित निकायमा व्यवसाय दर्ता गर्न उनले निर्देशन दिएको जानकारी दिनुभयो । साथै हरेक पसलले अनिवार्य रुपमा मूल्य सूची देखिने गरी टाँस गर्न सुझाव दिएको उहाँले जनाउनुभयो । होटल अनुगमन गर्दा खानेकुरा खुल्ला राखेको, सरसफाईमा लापरवाही गरेको पाइएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्ने पसल व्यवसायीलाई सम्झाएको सहायक प्रजिअ बुढाथोकीले बताउनुभयो । यस्तै स्वस्थ सामग्री सहुलियत मूल्यमा उपभोक्तालाई प्रदान गर्नुपर्ने व्यवसायीसँग उहाँले जिकिर समेत गर्नुभयो ।


एकाएक बजार अनुगमन गर्दा त्रसित बनेका व्यवसायीलाई सम्बोधन गर्दै सहायक प्रजिअ बुढाथोकीले चाडपर्वका वेलामा मात्र नभई अब नियमित वजार अनुगमलाई तिव्रता दिने बताउनुभयो । “पहिलो पटक गल्ती भेटाए पनि हामीले सचेत मात्र गराउने काम गर्यौं । फेरि पनि अनुगमन गर्दा त्यस प्रकारको गल्ती भेटिएमा कानुनअनुसार कारवाही हुन्छ” उहाँले भन्नुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रेम बहादुर खवास, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष सुरेन्द्रराज लम्साल, इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल, सुब्बा सुभाषचन्द्र बरई, शिवराज नगरपालिकाका प्राविधिक शिव पराजुली, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी