असोज १५, पोखरा । पोखरामा बृहत रुपमा चलेको फिर्के–बुलौंदी सफाइ अभियान १८ औं श्रृंखला पार गर्दै ड्यामसाइडस्थित फेवाताल किनारमा पुगी शनिबार सम्पन्न भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, पोखरा । पोखरामा बृहत रुपमा चलेको फिर्के–बुलौंदी सफाइ अभियान १८ औं श्रृंखला पार गर्दै ड्यामसाइडस्थित फेवाताल किनारमा पुगी शनिबार सम्पन्न भएको छ ।

2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फिर्के–बुलौंदी सफाइ अभियानको १८ औं श्रृंखला सम्पन्न


असोज १५, पोखरा । पोखरामा बृहत रुपमा चलेको फिर्के–बुलौंदी सफाइ अभियान १८ औं श्रृंखला पार गर्दै ड्यामसाइडस्थित फेवाताल किनारमा पुगी शनिबार सम्पन्न भएको छ ।

नागरिक समाज पोखराको विशेष पहलमा विश्व वातावरण दिवस अवसरमा जेठ २२ गते फिर्केको मुहान अँधेरीकुनादेखि सुरु अभियानमा हजारौंको सहभागिता रह्यो । दर्जनौं संघसंस्थाले अभियानलाई साथ दिँदै ऐक्यवद्धता जनाए ।

उक्त श्रृंखला समापन अवसरका प्रमुख अतिथि बागमती सफाइ महाअभियानका मुख्य अभियन्ता पूर्वमुख्य सचिव लीलामणि पौडेलले सफाइ अभियानको प्रशंसा गर्दै नेपालका विभिन्न ठाउँमा जारी सफाइ अभियानमध्ये पोखराको अभियान उत्कृष्ट रहेको बताए ।

सुरुवात र समापन दुबै श्रृंखलामा सहभागी उनले यो श्रृंखला समापन भए पनि बृहत पोखरा सफाइ अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । कार्यक्रममा उनले सहभागी सम्पूर्णलाई सफाइ सचेतनाबारे सपथ खुवाएका थिए ।

यस्तै, अभियानमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै अभियान संयोजक रामबहादुर पौडेलले फेवातालसँग जोडिएको फिर्के–बुलौंदी सफाइ अभियान पहिलो चरणमा सकिए पनि यस्ता श्रृंखला पोखराका विभिन्न ठाउँमा सुरुवात गर्ने जानकारी दिए ।

संयोजक पौडेलले पोखरा उपत्यकाव्यापी दोस्रो बृहत सरसफाइ अभियान आरम्भको उद्घोषसमेत गरे । जसअनुसार अर्को साता पोखरा १, बगर गाईघाटबाट सफाइ अभियान सुरुवात हुनेछ ।

यता, झण्डै ४ महिना चलेको उक्त अभियानमा ३ सय ३५ टन फोहोर संकलन भएको छ भने करिब ४६ हजार मानिसले सहभागिता जनाएको अभियन्ता सुनिल पौडेलले जानकारी दिए । त्यस्तै, करिब १ सय १५ बढी संघसंस्थाले ऐक्यवद्धता जनाउँदै फोहोर संकलनमा साथ दिए । ९ किमी लामो फिर्केखोला र ३ दशमलब ५ किमीको बुलौंदी सफाइ गरिएको हो । अभियानसँगै सर्वसाधारणमा सरसफाइप्रति सचेतनाको बिजारोपणसँगै पोखरा उपमहानगरपालिका पनि नगरको नियमित फोहोर संकलनमा सजग हुन बाध्य भएको छ ।

१८ औं श्रृंखलाको सांसद् शारदा पौडेलले राष्ट्रिय गान बजाएर सफाइ कार्यक्रम सुरुवात गरेकी थिइन् । कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा कैलाश विकास बैंकका तर्फबाट सफाइ अभियानका लागि ५० थान डोको, ५ सय थान सेफ्टी ग्लोब कार्यकारी अधिकृत कुँवरलाई बैंकका संचालक नारायण बराल र गोापलप्रसाद पौडेलले हस्तान्तरण गरेका थिए ।

निरन्तर सहभागी मुक्तिनाथ विकास बैंकले शनिबार पनि १ हजार मास्क र डिस्पोजल ग्लोब हस्तान्तरण गरेको थियो । मितेरी नारी समूह बैदामले पिउनेपानी प्रबन्ध गरेको थियो ।

वैदाम प्रहरी चौकीदेखि ड्यामसाइडस्थित फेवाताल किनारसम्म भएको उक्त श्रृंखलामा करिब १६ टन फोहोर मैला संकलन भएको छ । अभियानमा विभिन्न आमा समूह, क्लब, टोल विकास संस्था, सरकारी निकाय, स्थानीय प्रशासन, विभिन्न संघसंस्था, सर्वसाधारणलगायतले साथ दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई