२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहिरोले १२ जिल्लामा सडक अवरुद्ध

२०८०, २३ श्रावण मंगलवार ०६:३०

साउन २३, काठमाडौँ | अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो जानुको साथै डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रमा पहिराे जानुकाे साथै डुबानमा परेर जलमग्न भएको हो ।

काठमाडौंको विभिन्न ठाउँमा पनि बाढी पसेर घरहरु डुवानमा परेका छन् । यस्तै वर्षाको कारण पहिरो गएर विभिन्न राजमार्गहरु अवरुद्ध बनेको छ । बाढी पहिरोको कारण १२ जिल्लाका सडक अवरुद्ध भएको छ ।


बिहान ११ बजेसम्मको अपडेटअनुसार पहिरो खसेर म्याग्दीको रघुगंगा गाउँपालिका- ३ बेशरीस्थित बेनी जोमसोम सडकखण्ड, नुवाकोटको पासाङल्हामु सडकखण्ड, मकवानपुरको कान्ती लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

यस्तै सिन्धुलीको विपी राजमार्ग, काभ्रेको विपी राजमार्ग, पाचँथरको तमोर करिडोर, चितवनको नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी, बाग्लुङको कालीगण्डकी करिडोर, प्युठानको भालुवाङ सडकखण्ड,पाल्पाको सिद्धार्थ राजमार्ग एकतर्फी, कैलालीको भीमदत्त राजमार्ग र डडेलधुराको बतुहर जोगबुढा भित्री सडकखण्ड अवरुद्ध भएको छ ।

विभिन्न ठाउँको पहिरो पन्छयाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ