२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओ माइ गड २’ ले पहिलो दिन कति कमाए?

२०८०, २८ श्रावण आईतवार ०७:२४

साउन २८, काठमाडौँ | गत शुक्रबारदेखि बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २' प्रदर्शन भइरहेको छ।

यी दुवै फिल्मलाई भारतीय फिल्म समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। बक्स अफिसमा भने अक्षय कुमारको 'ओ माइ गड २' भन्दा सनी देओलको 'गदर २' अगाडि देखिएको छ। 

बलिउड फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्म 'गदर २' ले पहिलो दिन ४० करोड १० लाख भारू कमाएको छ भने 'ओ माइ गड २' ले १० करोड २६ लाख भारू कमाएको छ। 


'गदर २' सनी देओलको करियरकै ठूलो ओपनर फिल्म बनेको छ। साथै सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ। यसअघि शाहरूख खानको 'पठान' ले पहिलो दिन ५५ करोड भारू कमाएको थियो। 

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' मा भारतीय सेनामा भर्ती भएका तारा सिंहका छोरा पाकिस्तान सेनाको कब्जामा पर्छन्। उनलाई सेनाको कब्जाबाट छुटाउन तारा सिंहले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ। 

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

सन् २००१ मा प्रदर्शन भएको 'गदर' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'ओ माइ गड २' मा पंकज त्रिपाठीलाई आस्तिक र अक्षयलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको छ।

अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ। सन् २०१२ मा प्रदर्शन भएको फिल्म 'ओ माइ गड' बक्स अफिसमा हिट भएको थियो। फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता