२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इमाडोलमा साझा यातायातको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

२०८०, २८ श्रावण आईतवार ०९:२१

साउन २८, काठमाडौँ | ललितपुरको इमाडोलमा साझा यातायातको बसले ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो महालक्ष्मी नगरपालिका-४ इमाडोलमा बसले पैदल हिँडिरहेका आमा-छोरालाई ठक्कर दिएको हो।

बा.५ ख ८७५२ नम्बरको बसले उनीहरूलाई ठक्कर दिएको थियो।

ठक्करबाट ओखलढुंगा घर भई महालक्ष्मी-८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझी र उनका ५ वर्षीय छोरा प्रियास घाइते भएका थिए।

घटनापछि प्रहरीले उनीहरू दुबैलाई किष्ट मेडिकल अस्पतालमा पुर्‍याएको थियो। त्यहाँ उपचारको क्रममा प्रियासको मृत्यु भएको हो। 

आमा बबिताको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरीले महालक्ष्मी नगरपालिका-६ चाँगाथली बस्ने ४७ वर्षीय चालक तहलबहादुर जिरेल पक्राउ परेका छन्। यस्तै बसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरी वृत्त सातदोबाटोले घटनाको अनुसन्धान गरिरहेको छ। 

घटनापछि आइतबार साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले समवेदना जारी गर्दै घटनाको अनुसन्धानमा सघाउने बताएको छ। 

‘बस दुर्घटनाको सन्दर्भमा प्रहरी प्रशासनको अनुसन्धान गरिरहेको सन्दर्भमा साझा यातायातले पूर्ण सहयोग गर्नेछ,’ अध्यक्ष दीक्षितले भनेका छन्, ‘दुर्घटनामा परी मृत्यु भएका बालकप्रति साझा यातायात भावपूर्ण श्रद्धान्जली प्रकट गर्दै मृतकका परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता