२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हत्या मुद्दामा ६ वर्षदेखि प्रहरीको ‘खोजी सूची’मा रहेका धादिङका शिवराम केन्द्रीय कारागारमा फेला

२०८०, २९ श्रावण सोमबार १०:०२

साउन २९, काठमाडौँ | काठमाडौँको बल्खुमा ५० वर्षीय महिलाको हत्यामा संलग्न आशंकामा प्रहरीको ‘खोजी सूची’मा रहेका व्यक्ति केन्द्रीय कारागारमा भेटिएका छन् । वास्तविक नाम ढाँटेर चोरी मुद्दामा जेल बसेको अवस्थामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका शिवराम अधिकारी भेटिएका हुन् ।

शिवराम आफ्नो नाम ढाँटेर चोरी मुद्दामा जेलमा बसिरहेको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रबिन्द्र रेग्मीले बताए । प्रहरी नायव उपरीक्षक गोविन्द पन्थी नेतृत्वको टोलीले गरेको लामो अनुसन्धानपछि ४६ वर्षीय शिवराम नाम ढाँटेर अर्जुन अधिकारीको नाममा जेलमा बसेको थाहा भएको हो ।

२०७४ पुसमा शिवरामले आफूसँगै ज्यामी काम गर्ने ५० वर्षीय नारायणी तिमल्सिना ‘अप्सरा’को हत्या गरेको आरोप छ ।  २०७४ पुस ३० मा मकवानपुर घर भएकी नारायणीको शव काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खु भुवनेश्वरी मन्दिरमा भेटिएको थियो ।

मृतकको खल्तिमा फेला परेको मोबाइलको आधारमा आफन्तले शव सनाखत गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट शिवरामसँग मृतकको फोन सम्पर्क धेरै देखिएपछि प्रहरीले उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो ।

हत्यापछि धादिङस्थित घरमा नगएका शिवराम उदयपुर, सिरहा र मकवानपुर लगायतका ठाउँमा लुकेर बसे । पछि परिवारसहित काठमाडौँको रामकोटमा तरकारी खेती गर्न थालेका उनी थानकोट क्षेत्रमा चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । २०७९ कात्तिकबाट उनी केन्द्रीय कारागारमा थुनामा परेको थाहा भएको छ ।

कर्तव्य ज्यान मुद्दामा शिवरामलाई बयान लिएर थप अनुसन्धान अघि बढाउन प्रहरी वृत कालिमाटीलाई लेखेर पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता