२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बनेपामा सवारी दुर्घटना, एक जनाको मृत्यु

२०८०, ३० श्रावण मंगलवार ०७:२५

साउन ३०, काठमाडौँ | काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैसीपार्टीमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ बस्ने वर्ष–२१ का अभिषेक न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा १०ः५५ बजेको समयमा मृत्यु भएको प्रहरीले बताएको छ ।

मंगलबार बिहान १०:२० बजेको समयमा बनेपा बाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको  मोटरसाइकल आफै अनियन्त्रित पटिएको र उक्त मोटरसाइकलमा सवार पुरुष विपरित दिशाबाट आउँदै गरेको बा. प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको  मुनी छिर्दा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईत भएका न्यौपानेको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो । 

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उक्त ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता