२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘१ क्विन्टल’ सुन तस्करी प्रकरण: थप ३ जना चिनियाँ नागरिक पक्राउ

२०८०, ३० श्रावण मंगलवार ०८:२६

साउन ३०, काठमाडौँ | १ क्विन्टल सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला छन्। पक्राउ परेकाहरु चिनियाँ नागरिक रहेका बताइएको छ। 

उनीहरुको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँ समेत बरामद भएको सीआईबी स्रोतले जानकारी दिएको छ। 

सीआईबी स्रोतले चिनियाँ नागरिकहरु गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ (महिला) पक्राउ परेका जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन २ गते ‘१ क्विन्टल’ सुन बरामद गरेको थियो। 

मोटरसाइकल र स्कुटरको डिस्क ब्रेकको प्याडमा मोरेर ल्याइएको अवस्थामा सुन बरामद भएको थियो। राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन ब्रेक सुबाट अलग्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो। नेपाल राष्ट्र बैंकको टक्सार विभागले उक्त सुन मंगलबार गालिसकेको छ। गालेर सुनको यकिन तौल भने सार्वजनिक गरिएको छैन। 

सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सुरुवाती अनुसन्धान गरेकामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ। सीआईबीले राजस्व छलिका अतिरिक्त संगठित अपराध लगयातमा अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता