२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेयमारले भने : ग्लोबल स्टार बन्न साउदी आएँ

२०८०, ३२ श्रावण बिहीबार ०७:३९

साउन ३२,  काठमाडौँ | ब्राजिलियन फरवार्ड नेयमारले ग्लोबल स्टार बन्ने चाहनाका साथ साउदी अरबको क्लबमा आबद्ध भएको बताएका छन् ।

पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्व स्टार ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा साउदी क्लब अल हिलालमा आबद्ध भएका हुन् ।

‘मैले युरोपमा धेरै उपलब्धिसँगै विशेष समयको आनन्द लिइसकेको छु,’ साउदी आउनको कारण खुलाउँदै उनले भने, ‘तर, म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्छु र नयाँ ठाउँहरूमा नयाँ चुनौती र अवसरहरूसँग आफूलाई परीक्षण गर्न चाहन्छु ।’

‘म खेलकुदको नयाँ इतिहास लेख्न चाहन्छु, र साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरू छन्’, नेयमारले भने, ‘मैले धेरै सुनेको छु र सिकेको छु कि म साउदी अरबमा वर्षौंदेखि खेलेका ब्राजिलियन खेलाडीहरूको लामो सूची पछ्याउँदै छु, त्यसैले मलाई विश्वास छ कि यो मैले रोजेको अर्काे गन्तव्य हो ।’

नेयमार पीएसजीमा नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकको योजनामा संलग्न थिएनन् ।


सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी २ सय मिलियन पाउन्डमा पीएसजीमा आबद्ध भएका नेयमार गत शनिबार फ्रेन्च लिग वानमा लोरिएन्टविरुद्ध गोलरहित बराबरी खेल्दा टोलीमा थिएनन् ।

अर्जेन्टिनी लियोनल मेस्सीले पनि क्लब छाडेपछि स्टार र उच्च पारिश्रमिक लिने खेलाडीहरूलाई अनुबन्ध नगर्ने पीएसजीको योजनालाई अर्का स्टार खेलाडी नेइमारले क्लब छाडेर सहज बनाएका हुन् ।

नेयमारले पीएसजीमा वार्षिक २५ मिलियन युरो आम्दानी गरिरहेको थिए । अब नेयमारले साउदी अरेबियामा प्रतिवर्ष १५० मिलियन युरो कमाउने छन् । अल हिलालले दिने पारिश्रमिक पीएसजीमा कमाएको भन्दा ६ गुणा बढी हो ।

अल हिलालका अध्यक्ष फहाद बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै उनी एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति रहेको बताएका छन् ।

नेयमारले पीएसजीबाट १७३ खेल खेल्दा १३ ट्रफी जितेका छन् । जसमा पाँच लिग वान समावेश छन् । पीएसजीलाई २०२० को च्याम्पियन्स लिगको फाइनल पुर्‍याउन ब्राजिलियन स्टार नेयमारले महत्वपूर्ण भूमिका खेलेका थिए ।

साउदी क्लबमा नेयमारको आगमनसँगै आगामी केही वर्षमा साउदी प्रोलिग विश्वको शीर्ष प्रतियोगिता बन्ने बाटोलाई थप मजवुत बनाएको छ । नेयमार साउदी आउनुअघिनै करिम बेन्जेमा, एन गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभेस, साडियो माने र रोबर्टो फिर्मिनो सबै साउदी अरब आइसकेका छन् ।

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल नासरमा आएसँगै साउदी प्रोलिगका चर्चा चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट