२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जागिरको प्रलोभनमा पारेर भारतमा बेचिएका दुई युवतीको उद्धार

२०८०, ७ आश्विन आईतवार ०८:०५

असोज ७, काठमाडौँ | जागिरको प्रलोभनमा पारेर भारतमा बेचिएका दुई नेपाली युवतीलाई उद्धार भएको छ।

तीन महिनाअघि कामको शिलशिलामा भारतमा पुर्‍याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको केआइएन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईले बताए।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा केआइएनले उद्धार गरेको हो।

उनीहरूलाई गाउँकै दिदी पर्ने एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्‍याइएकी थिइन्। उनीहरूलाई त्यहाँ पुर्‍याएर ती महिला भने फर्किएकी थिइन्।

'तीन दिन घरको काममा लगाएपछि जबरजस्ती यौन व्यवसायमा संलग्न गराइएको उनीहरूले बताएका छन्,' संयोजक इन्द्रराजले भने।

उनीहरू यहाँबाट भागे प्रहरीले नियन्त्रणमा लिने र थुनामा राख्ने धम्की दिएपछि बाध्यतामा परेको दु:खेसो पोखेका छन्।

केआइएन इन्डियाले गोप्य सुचना प्राप्त भएसँगै नेपाली दूतावास, महिला मन्त्रालयको पहलमा उनीहरूको उद्धार भएको भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना