२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतको उषा बोर्डिङ स्कुलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला,आफन्तद्वारा आगजनी

२०८०, १३ आश्विन शनिबार ०७:५१

असोज १३, विरेन्द्रनगर | सुर्खेतको उषा बालबाटिका माविको होस्टेलमा एक विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेका छन्। 

वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा कक्षा २ मा अध्यनरत ८ वर्षका सलाम पुलामीमगर दुई तला भएको बेडमै झुण्डिएको अवस्था फेला परेका हुन्।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ स्थायी घर भएका बालक पुलामी मगर संकास्पद रुपमा बेडमै झुण्डिएको अवस्थामा शुक्रबार साँझ फेला परेका भन्दै शव आफन्तहरुले उठाउन दिएका छैनन्। त्यसकै कारण हालसम्म पोष्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ।

उषा बालबाटिकामा पढाउनका लागि होस्टेलमा राखेको बालकलाई कसैले मारेर बेडमा झुण्ड्याएको भन्दै आफन्तले विद्यालयमा  तोडफोड र आगजानी गरेका छन्। विद्यालयमा रहेका फर्निचरहरुमा आगलागी गरेपछि नियन्त्रणका लागि दमकलसहित डिएसपी लक्ष्मण शाहीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताए।

घटनास्थलमा अहिले प्रहरी तैनाथ गरिएको छ। आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार