२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रेमिकाको विषयलाई लिएर ‘ग्याङफाइट’ गर्न हिँडेका १८ वर्ष मुनिका ९ जनासहित १३ जना हतियारसहित पक्राउ

२०८०, १९ आश्विन शुक्रबार ११:२०

असोज १९, विराटनगर | प्रेमिकाको विषयमा विवाद भएपछि ‘ग्याङफाइट’का लागि हिँडेको १५ जनाको समूहलाई  प्रहरीले पक्राउ गरेको छ ।  शुक्रबार दिउँसो घरेलु हतियारसहित ग्याङफाइटका लागि आएको समूहलाई  पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये ९ जना  १८ वर्ष मुनिका छन् ।

प्रहरीका अनुसार विराटनगरको एक कलेजमा पढ्ने युवतीलाई दुई जना युवकले मन पराएका थिए । प्रेमिकाको विषयमा यसअघि पनि  दुई पक्षबीच   विवाद भएको थियो । शुक्रबार फाइनल गर्ने भन्दै एउटा समूहले सुनसरीको बर्जुबाट युवाहरुको टोली बोलायो । अर्को समूह पनि विराटनगरमा तयारी अवस्थामा थियो ।

घरेलु हतियारसहितको टोली आएको जानकारी पाएपछि प्रहरीले सक्रियता बढायो । सुरुमा विराटनगरको घोगापुल चोकमा भेला भएका मध्ये दुई  जना पक्राउ परे । अरु भागे । घरेलुहतियारसहित पक्राउ परेकाहरुलाई खोजी गर्ने क्रममा प्रहरीले १३ जनालाई सनीमन्दिर चोक नजिकैबाट पक्राउ गर्‍यो ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेको टोली एउटा समूह मात्रै हो । अर्को समूहको खोजी भइरहेको उनले बताए । ‘ग्याङफाइटकै लागि बाहिरबाट मान्छे बोलाएको देखिन्छ,’ उनले भने, ‘झगडाका लागि जादै गर्दा एउटा समूह घरेलुहतियारसहित पक्राउ पर्‍यो ।’

प्रहरीको सक्रियताले सम्भावित दोहोरो झडपका कारण हुनसक्ने क्षति टरेको उनले बताए  ।

उनका अनुसार पक्राउ परेकाको साथबाट तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीलगायतका घरेलु हतियार बरामद भएको छ ।

‘ग्याङफाइट’का लागि हतियार बोकेर हिँड्ने मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरी पक्राउ परेका छन् ।

पक्राउ परेका अन्य बालक पनि बर्जु गाउँपालिका– ६ कै हुन् । पक्राउ परेका शेखको साथबाट तरबार बरामद भएको थियो । उनी मुख्य योजनाकार भएको  प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा