२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

थप ४ ठाउँमा हत्या गरेको सञ्जयको बयानपछि नेपालमा पहिलो पटक ‘ब्रेन म्यापिङ’ गरिदै

२०८०, २१ आश्विन आईतवार ०६:१३

असोज २१, काठमाडौँ | काठमाडौँको गैह्रीगाउँ स्थित दिव्या स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितले अन्यत्र पनि हत्या गरेको दाबीसँगै अनुसन्धान अधिकृतहरु ‘हैरानी’मा परेका छन् । हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका सञ्जय भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेका हुन् ।

आरोपितको दाबीमा विश्वास नलागेपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ । जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा उनको ‘ब्रेन म्यापिङ’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।


अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ परीक्षण नेपालमा पहिलो पटक गराइएको हो । स्वास्थ्य मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिम सहित ‘ब्रेन म्यापिङ’ केन्द्र स्थापना गरेको छ । केन्द्रीय कारागारमा लगेर भण्डारीको ब्रेन म्यापिङ गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

ब्रेन म्यापिङबाट आरोपितको मानसिक अवस्थाको बारेमा थाहा हुन्छ । पोलिग्राफ गराउन सम्भव नभएपछि प्रहरीले उनको ब्रेन म्यापिङ गरेको हो । पोलिग्राफ गर्दा आरोपीसँग प्रश्नोत्तर गरेर ढाँटेको पत्ता लगाइन्छ । तर, सञ्जय बोल्न नसक्ने हुनाले उनको ब्रेन म्यापिङ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

सञ्जय भण्डारीले भदौ २९ मा राति सःमिलमा नवीन राई, कुमार भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको आरोप छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सञ्जय जन्मजात नै बोल्न सक्दैन थिए । फरक क्षमता भएका सञ्जयलाई प्रहरीले दोभासेको सहयोगमा लेख्न लगाएर अनुसन्धान गरिरहेको छ ।

सोधपुछको क्रममा भण्डारीले नक्साल स्थित भाटभटेनी, सुकेधारा, रातोपुल र सिन्धुपाल्चोकमा पनि हत्या गरेको बताएपछि अनुसन्धान अधिकृतहरू चकित भएका छन् । सञ्जय ‘सिरियल किलर’ हुनसक्ने आशङ्कामा प्रहरीले उनको ब्रेन म्यापिङ गराएको हो । ब्रेन म्यापिङ परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । हत्या गरेको दाबी गरे पनि उनले मिति स्पष्ट भन्न सकेका छैनन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘उनले भनेका कुरा सत्य हुन वा हैनन् भन्नेबारे हामी पुष्टि गर्ने प्रयासमा छौँ ।’

सुकेधारमा मृत भेटिएका गोरखाका एक जना पुरुषलाई उनले हत्या गरेको दाबी गरेका छन् । मृत भेटिएका व्यक्ति गोरखा घर भएको पुष्टि भएको अनुसन्धान संलग्न एक जना अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा