२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वकीर्तिमानी आरोही तेन्जेन शेर्पा शिसापाङ हिमपहिरोमा परी बेपत्ता

२०८०, २२ आश्विन सोमबार ०९:२७

असोज २२, काठमाडौँ | विश्वकीर्तिमानी आरोही तेन्जेन शेर्पा बेपत्ता भएका छन्। चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमाल आरोहणका लागि गएको टोलीमा सामेल शेर्पा बेपत्ता भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए।

शनिबार गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यानसमेत गएको छ। ज्यान गुमाउनेमा नेपाली आरोही मिङमा शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन्। उनीहरू यो सिजनमा सिसापाङ्मा जाने पहिलो टोली भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।


८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहणको लक्ष्य लिएका अमेरिकी नागरिक गीना म्यारी र एन्ना नेपाली गाइड लिएर सिसापाङमा लागेका थिए। एन्ना गुटु र उनका नेपाली गाइड मिङ्मा शेर्पा मृत भेटिँदा गिना र उनका गाइड तेन्जेन शेर्पा बेपत्ता छन्।

गिना र एन्नाले ८ हजार मिटरमाथिका १४ मध्ये १३ हिमालको सफल आरोहण गरेका थिए।

बेपत्ता तेन्जेन शेर्पाले सबैभन्दा छोटो समयमा नै ८ हजार मिटरमाथिका सबै हिमाल आरोहणको विश्व कीर्तिमान बनाएका छन्। उनले ९२ दिनमा ८ हजार मिटर माथिका १४ हिमालको सफल आरोहण गरेका छन्। यसअघि यो रेकर्ड अर्का नेपाली निर्मल पुर्जाले बनाएका थिए।

पुर्जाले १८९ दिनमा १४ वटै हिमाल आरोहण गरेर बनाएको विश्वकीर्तिमान तेन्जेनले तोडेका थिए।

सिसापाङ्मा हिमालमा हिजो शनिवार दिउँसो सात हजार ६ सय मिटरमाथिको भागमा हिमपहिरो गएको थियो।

हिमपहिरो गएको स्थानभन्दा ६ सय मिटर तलको स्थानमा रहेका निर्मल पुर्जाको टोली भने सकुशल रहेको विभागका निर्देशक गुरुङले जानकारी दिए।

आरोहणमा गएको अर्को टोलीका सदस्य कर्मा शेर्पा गम्भीर छन्। यस्तै कामीरिता शेर्पा पनि घाइते भएका छन्।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा