२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाजा सीमावर्तीबाट ५५ नेपाली सुरक्षित स्थानमा सारियो, घाइते भएका ४ जनाको स्वास्थ्यमा सुधार

२०८०, २४ आश्विन बुधबार ०५:५७

असोज २४, काठमाडौँ | इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै (५५ जना) नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार इजरायली सुरक्षा संयन्त्रको सहयोगमा नेपाली विद्यार्थीलाई उद्धार गरी थप सुरक्षित स्थानमा सारिएको जानकारी दिएको हो।

त्यस्तै उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई पनि थप सुरक्षित ठाउँमा सारेको दूतावासले जनाएको छ। दूतावासका अनुसार शनिबारको आक्रमणमा घाइते भएका चारै जनाको स्वास्थ्यमा क्रमशः सुधार आएको छ तथा हराइरहेका एक नेपालीको प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजी भइरहेको छ।

नेपाल फर्कन इच्छुक नेपालीलाई दूतावासले सुरु गरेको अनलाइन रजिष्ट्रेशनमा ३५० भन्दा बढीको विवरण प्राप्त भइसकेको र उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको दस्तावासले बताएको छ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो