२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सम्पर्कमा आए इजरायलमा बेपत्ता भनिएका कञ्चनपुरका विपिन जोशी

२०८०, २४ आश्विन बुधबार ०६:१४

असोज २४, काठमाडौँ | प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छन् । कञ्चनपुरकाे भीमदत्त नगरपालिका -३ का जोशी अहिले अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।


विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन् । शनिबारदेखि बेपत्ता रहेका उनी आज सम्पर्कमा आएका बताईएको छ । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि जोशीको परिवार चिन्तामा डुबेको थियो ।

सम्पर्क बिहिन रहेका विपिनका बुवा महानन्द जोशीले सामाजिक संजाल फेसबुकमा भाबुक स्टाटस लेख्दै भनेका थिए छोराको स-कुशलका लागि भागवनसँग कामना गर्दै नेपाल सरकार र इजरायलमा रहेको नेपाली दूतावासलाई छोराको खोजी कार्य गरि सम्पर्कमा ल्याउन आग्रह समेत गरेका थिए ।

उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन् । दुई जना भने सकुसल छन् । उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो