२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कामको सिलसिलामा सिक्किम गएका इलामका ५ मजदुर बाढीपछि बेपत्ता (नामसहित)

२०८०, २४ आश्विन बुधबार ०६:३३

असोज २४, इलाम | कामको सिलसिलामा भारतको उत्तरी सिक्किम पुगेका इलाम नगरपालिका- ९ का ५ जना बेपत्ता भएका छन् ।

सिक्किममा आएको बाढी र पहिरोपछि उनीहरू बेपत्ता भएका हुन् । बाढी पहिरोपछि उनीहरू परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । उनीहरू नर्थ सिक्किमको लाचेन क्षेत्रबाट बेपत्ता भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।


सीडीओ पोखरेलका अनुसार उनीहरू लाचेनमा गुम्बा बनाउने मजदुरका रूपमा संलग्न थिए । इलाम-९ गोलाखर्कका सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, कुमार बस्नेत र खुसी बस्नेत असोज १७ गतेबाट परिवारको सम्पर्कमा छैनन् ।

परिवारका सदस्यले आफन्तहरू सम्पर्कविहीन रहेको र खोजी गरिदिन जिल्ला प्रशासन कार्यालय इलाममा अनुरोध गरेका छन् ।

सिक्किमको ल्होनाक ताल फुटेपछि सिक्किममा बाढी र पहिरो आएको छ ।

सिक्किम प्रहरीसँगको समन्वयमा उनीहरूको खाजी कार्य भइरहेको पोखरेलले बताए । लाचेन क्षेत्रमा बाढीपहिरो नभए पनि त्यहाँ जाने बाटो अवरुद्ध छ । त्यस क्षेत्रमा त्यहाँ बिजुली र सञ्चार सेवा समेत अवरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो