२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँमा ‘लुटपाट गर्ने’ समूहमाथि प्रहरीले चलायो गोली, १ जना घाइते

२०८०, २५ आश्विन बिहीबार ०८:४१

असोज २५, काठमाडौँ | काठमाडौँको साँखु क्षेत्रमा प्रहरीले गोली चलाएको छ। डाँका तथा नकजवनीका घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले साँखु क्षेत्रको जगडोलमा गोली चलाएको हो। काठमाडौं उपत्यकामा हुने लुटपाटका घटनामा संलग्नहरुको समूहलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी शोमेन्द्रसिंह राठौरले जानकारी दिए। 

‘लुटपाटका घटनामा सक्रिय समूह पुन: लुटपाट गर्दैछ भन्ने सूचनाका आधारमा हाम्रो टोली परिचालन भएको थियो। त्यसक्रममा जम्काभेट भएपछि उनीहरुले प्रहरी टोलीमाथि नै हतियार प्रहार गर्न खोजे,’ एसएसपी राठौरले भने, ‘लुटपाटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको छ।’

एसएसपी राठौरका अनुसार १ जनाको खुट्टामा गोली लागेको छ। अन्य २ जनालाई भने चोटपटक छैन।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो