२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाईभैँसी पाल्ने किसानलाई अनुदान

२०८०, २९ आश्विन सोमबार ११:५१

असोज २९, गुल्मी | गुल्मीको इस्मा गाउँपालिकाले किसानलाई व्यावसायिक रूपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ। पछिल्लो समय धेरै किसानले पशुपालनतर्फ कम रुचि देखाएकाले पालिकाले प्रोत्साहनस्वरूप गाईभैँसी पाल्ने किसानलाई अनुदान रकम उपलब्ध गराउन थालेको हो।

पालिकाभित्र पाँचभन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिक रूपमा रु. १० हजार अनुदान उपलब्ध गराउने निर्णय भएअनुसार अनुदान रकम वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष भगतसिंङ खड्काले जानकारी दिए। उनका अनुसार पालिकाले चालू आर्थिक वर्षमा चार पशुपालन गर्ने फार्मलाई मासिक रु. १० हजारका दरले अनुदान रकम उपलब्ध गराएको छ।


उक्त फार्मले पाँचभन्दा बढी दुहुना गाईभैँसी पाल्दै आएकाले अनुदान रकम उपलब्ध गराइएको अध्यक्ष खड्काले बताए। उनका अनुसार अनुदान पाउनेमध्ये वडा नम्बर ५ मा रहेको नमुना कृषि तथा पशुपक्षी फार्ममा नौ दुहुना गाई, वडा नम्बर १ को गौरव कृषि तथा पशुपक्षी फार्ममा नौ, वडा नम्बर ६ को घिमिरे कृषि तथा पशुपक्षी फार्ममा नौ र वडा नम्बर २ मा रहेको गगन गृष्मा कृषि तथा पशुपक्षी फार्ममा आठ गरी ३५ वटा दूध दिने गाईभैँसी रहेका छन्।

किसानलाई कृषि र पशुपालनमा प्रोत्साहन गर्दै थप हौसला प्रदान गर्न पालिकाले गत आवदेखि अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताइन्। ‘यसरी व्यावसायिक रूपमा सञ्चालनमा आएका फार्मको अवलोकन गर्दा किसानको मिहिनेत देखेर निकै खुसी लागेको छ,’ उनले भनिन्, ‘यसले इस्मालाई दूधमा आत्मनिर्भर बनाउन थालेको छ।’

पालिकाले उपलब्ध गराएको अनुदानको रकमले व्यावसायिक किसानलाई थप ऊर्जा र हौसला थपिदिएको गगन गृष्मा फार्मका सञ्चालक गगन कुँवरले बताए। पालिकाले गत आवमा ६ फार्मलाई अनुदान उपलब्ध गराएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार