२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रेमिका भेट्न जाँदा एक लाख लुटियो, दुईजना पक्राउ

२०८०, १ कार्तिक बुधबार ०९:५१

कार्तिक १, दाङ । तुलसीपुरमा एक युवक प्रेमिका भेट्न जाँदा लुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका-८ कृष्ण मन्दिरका १७ वर्षीय दिनेश वली प्रेमिका भेट्न गएका बेला लुटपाटमा परेका हुन् ।

ईप्रका तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार वलीको साथबाट आज बिहान ११:४५ बजे एक लाख रूपैँया र एउटा मोबाइल सेट तुलसीपुर ९ दोघरे सशस्त्र बेस क्याम्प नजिकैबाट लुटिएको हो ।


वली एटीएमबाट पैसा निकालेर दशैं बिदामा घर जान लागेकी प्रेमिका भेट्न सशस्त्र क्याम्प नजिकै पातुखोला किनारमा पुगेका थिए । उनलाई लुटपाट गरेको आरोपमा तुलसीपुर ५ नयाँ बसपार्कका १८ वर्षीय सुनिल मगर र २० वर्षीय आयुष विकलाई पक्राउ गरेको छ । दिनेश सँग आयुषले पहिले फोन गर्न मोबाइल मागेको र पछि एकलाख पैसा समेत लुटेर भागेको प्रहरीले जनाएको छ ।

लुटपाट गरेको सूचना पाउना साथ प्रहरीले खोजतलास सुरू गरेको थियो । लुटपाट गरेर भागेका आयुष र सुनिललाई तुलसीपुर १० राइखलियानबाट इप्रका तुलसीपुर, अस्थायी प्रहरी पोष्ट बसपार्क र बेलुवा चौकीको संयुक्त टोलीले पक्राउ गरेको हो । सुनिलको साथबाट ९० हजार र आयुषको साथबाट १० हजार र मोबाइल बराम भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाइ ईप्रका तुलसीपुरमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार