कमल रावल | असोज २०, अछाम | अछामको तुर्माखाँदमा बृहत तुर्माखाँद सांस्कृतिक महोत्सव २०७३  हुने भएको छ । राष्ट्रिय तथा स्थानि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
कमल रावल | असोज २०, अछाम | अछामको तुर्माखाँदमा बृहत तुर्माखाँद सांस्कृतिक महोत्सव २०७३  हुने भएको छ । राष्ट्रिय तथा स्थानि"/>
२०८३, १६ जेष्ठ शनिबार
अछाम - ACM

अछामको तुर्माखादमा बृहत सांस्कृतिक महोत्सव हुँदै

२०७३, २० आश्विन बिहीबार १५:०२

कमल रावल | असोज २०, अछाम | अछामको तुर्माखाँदमा बृहत तुर्माखाँद सांस्कृतिक महोत्सव २०७३  हुने भएको छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुका वेजोड प्रस्तुतिका साथमा यहि कात्तिक ७, ८ र ९ गते भब्य कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । 

दिपावलिको अवसर पारेर तुर्माखाँद युथ एण्ड स्पोर्ट क्लबको आयोजनामा आफनो कला संस्कृत बचाउनका लागि महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष बम बहादुर बुढाले बताउनु भयो । कार्यक्रमलाई सफल पार्नका लागि जिल्लास्तर तथा छिमेकि जिल्लामा प्रचारप्रसारको कार्य अघि बढाईएको उहाँले बताउनु भयो । ३ दिन सम्म चल्ने महोत्सवमा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी, गोपाल नेपाल जिएम, अनिता चलाउने, तुल्सी घर्तिमगर, चिरञ्जीवी सापकोटा लगाएत स्थानिय तथा राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहने भएका छन । 

यस्तै अन्य कलाकार सागर देव, फराज अर्पण, पुथ्वी शाही, दिलिप भाईरस, सुरेन्द्र बुढा, जोसेफ शाही, अमृता लामिछाने, डम्मर विक, सागर प्रसाई, सरला शाही, धिरेन्द्र शाही, उपेन्द्र विसि लगाएतका समेत आफना आफना प्रस्तुती रहने भएका छन । सास्कृतिक महोत्सवकै अवसरमा कात्तिक ९ गते बाटै खुल्ला भलिवल प्रतियोगिताको आयोजना समेत गरिएको छ । अछाम, कालिकोट, दैलेख तथा सुर्खेत जिल्लाको भलिवल टिमको सहभागिता रहने प्रतियोगितामा उपाधि जित्नेले नगद २० हजार हात पार्नेृ क्लबका सदस्य पुथ्वी शाहीले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी