कमल रावल | असोज २१, अछाम | यहि असोज १४ देखि अछाम सदरमुकाम मंगलसेनमा सुरु भएको दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ को विहिवार समापन गरिएको छ । मुल आयोजक समितीका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | असोज २१, अछाम | यहि असोज १४ देखि अछाम सदरमुकाम मंगलसेनमा सुरु भएको दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ को विहिवार समापन गरिएको छ । मुल आयोजक समितीका "/>
2026-10-14 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ सम्पन्न

कमल रावल | असोज २१, अछाम | यहि असोज १४ देखि अछाम सदरमुकाम मंगलसेनमा सुरु भएको दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ को विहिवार समापन गरिएको छ । मुल आयोजक समितीका संयोजक पदम बहादुर धामिको अध्यक्षतामा भएको समापन कार्यक्रममा अछाममा न्यायधिश हरि प्रसाद शर्मा उपाध्याय,पँगेनी प्रमुख अथिती रहनु भएको थियो । 

“कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान ” भन्ने नाराका अछामको खुल्ला मंञ्मा ७ दिन सम्म चलेको सास्कृतिक उत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारले आफना थुप्रै प्रस्तुती राखेका थिए । समापन कार्यक्रममा बोल्ने अंधिकाश बक्ताले जिल्लाको भाषा कला जगेर्नाका लागि साँस्कृतिक महोत्सवले ठुलो योगदान दिएको बताएका थिए । थुप्रै समस्याका बिच पनि एक हप्ता सम्म स्थानिय र राष्ट्रिय कलाकारलाई एकै ठाउमा भेटगराई कला सस्कृति जगेर्ना गर्न ठुलो योगदान पुरयाएकाले आयोजकलाई अथिती वक्ताले धन्यवाद ज्ञापन गरेका थिए । आगामि दिनमा जिल्लाका मुख्य व्यापारिक केन्द्रमा यस्ता कार्यक्रमलाई लैजाने सके कला सस्कृतिको जगेर्ना हुने बताएका थिए । आगामि दिनमा स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्दै जाने हो भने जिल्लाको आर्थिक स्तर समेत माथि उठ्दै जानेमा उनिहरुले जोड दिएका थिए । कार्यक्रममा नेपाली काग्रेसका पुर्व जिल्ला कार्य समिती सदस्य विष्णु बहादुर खड्का, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, नेकपा माओवादि केन्द्रका कार्यालय सचिव मदन कुमार भुल, अछामका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सैना, उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष राम बहादुर शाही, पत्रकार महासघ अछामका उपाध्यक्ष जनक भण्डारीले प्रतिबद्धता सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रम समापनको क्रममा गायक टँक तिमिल्सैना, लाल बहादुर थापा, सुशिला थापा, महेन्द्र विक, नरेन्द्र रावलले आफना गित प्रस्तुत गर्नुका साथै कलाकार रोजि कुवरले आफनो नृत्य समेत प्रस्तुत गर्नु भएको थियो । 

समापन कार्यक्रममा बोल्दै मुल आयोजक समिती संयोजक पदम बहादुर धामिले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै प्रायोजक, अथिती कलाकार, जिल्लका राजनितिज्ञ, सरोकारवाला, सञ्चारकर्मि सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अछामका अध्यक्ष भोजराज भाट्को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन नयाँ तारा कलासागर अछामका सचिव केशव भुलले गर्नु भएको थियो । कार्यक्रम एस. बि. रामारोशन फिल्मस प्रा. लि. र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान अछामको आयोजना र नयाँतारा कला सागर अछामको सह आयोजनामा भएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश