2026-07-24 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

म्यानमार पुर्‍याएर नेपालीलाई बन्धक बनाउने १ जना पक्राउ

मङ्सिर २५, काठमाडौँ | म्यानमार पुर्‍याएर बन्धक बनाएर अनलाइन स्क्यामको काममा लगाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

गोरखा धार्चे गाउँपालिका–४ की २७ वर्षीया कविता गुरूङलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए। 

थाइल्यान्डमा अंग्रेजी टाइपिङको काम हुने र मासिक एक लाख बढी कमाइ हुने, खाने–बस्ने व्यवस्था हुने भन्दै दुई जनालाई झुक्याएर म्यानमारसम्म पुर्‍याएको प्रहरीले बताएको छ। 

दुई जना पीडितलाई बिजनेस भिसामा म्यानमारको म्यावडीस्थित चिनियाँहरूले सञ्चालन गर्ने कम्पनीमा पुर्‍याएको पाइएको हो। 

त्यहाँ बन्धक बनाएर १८–२० घण्टासम्म काममा खटाएर दास बनाएको एसपी पंगेनीले बताए। 

त्यसबापत गुरूङले दुई लाख ६० हजार रुपैयाँ समेत लिएको अनुसन्धानबाट खुलेको छ। कम्पनीमा कामदारहरूले अमेरिकी नागरिकहरूलाई ठगेर पैसा असुली गर्ने काम दिने गरेको प्रहरीले जनाएको छ। 

क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाउने, लभ ट्र्यापमा पारेर पैसा असुली गर्ने जस्ता कामहरू गर्न लगाएको पाइएको छ। यसरी काम गर्दा लक्ष्यअनुसारको पैसा असुली गर्न नसकेमा यातना दिने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ। 

कतिपयलाई करेन्ट समेत लगाउने गरेको पाइएको छ। त्यहाँबाट फर्किन खोज्दा पनि चिनियाँहरूले ८–९ लाख रुपैयाँ तिर्न बाध्य बनाएको ब्युरोले जनाएको छ। 

पक्राउ परेकी कवितामाथि अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ। गत शुक्रबार मात्रै ब्युरोले यसमा संलग्न एक पुरूषलाई पक्राउ गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन