2026-07-25 03:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्केच सार्वजनिक गर्दा पनि मृतकको हुन सकेन सनाखत

पुस १, काठमाडौँ | गत ६ मंसिरमा बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनले सनाखतका लागि मृतकको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन।

भरतपुर महानगरपालिका– १२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ केन्द्रीय बस टर्मिनल (बसपार्क) सडकखण्डको केरुंगा घोल (खोला)को कल्भर्टमुनि जुटको बोराभित्र दुईजनाको शव भेटिएको थियो।

अन्दाजी २५ वर्षको पुरुष र ३० वर्षकी महिलाको शव भेटिएपछि प्रहरीले सनाखत गर्न लागेको हो। शवको सनाखत नहुँदा घटनाको अनुसन्धानमा समेत समस्या परेको उनले बताए। उनले भने, ‘सनाखत नहुँदा घटनाको दोषीसम्म पुग्न कठिन भएको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल