२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्रले बरामद गर्‍यो १४ सय थान मोबाइलका डिस्प्ले

२०८०, ३ पुष मंगलवार ११:५९

पुस ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट बिलविजक तथा प्रज्ञापनपत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु सशस्त्र प्रहरीले बरामद गरेको छ।

सुपर काइनेटिक एसकेजी कुरियरले सोमबार साँझ साढे ५ बजे यति एअरको उडान नम्बर एनवाईटी ४२४ मार्फत नेपालगन्जबाट काठमाडौं पठाएको मोबाइलको डिस्प्ले बरामद गरेको हो।

१२ वटा कार्टुनमा रहेको १४ सय थान बिभिन्न मोबाइलका डिस्प्लेहरु सशस्त्रको इन्टेलिजेन्स ब्यूरोबाट विमानस्थलमा खटिएको टोलीको विशेष सूचनाको आधारमा बरामद गरिएको हो।

उक्त सामानहरु जय मां दुर्गा इम्पेक्स काठमाडौंको नाममा ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको थियो। बरामद सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवनबाट खटिएको सशस्त्र प्रहरी बलको राजश्व प्रहरीले सोही विभागमा बुझाएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय