२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चक्रवर्ती कलेजका सञ्चालकमाथि छोराद्वारा चक्कु प्रहार, २४ जना पक्राउ

२०८०, २४ पुष मंगलवार ०९:०४

पुस २४, काठमाडौँ | काठमाडौंको चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि चक्कु प्रहार गरेको आरोपमा उनका छोरा निरज भण्डारीसहित २४ जना पक्राउ परेका छन्। छोरा निरजसहितको समूहले सोमबार राति देवेन्द्रमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।


चक्रवर्ती कलेजको स्वामित्वको विषयलाई लिएर भण्डारीका बाबु–छोराबीच लामो समयदेखि विवाद रहँदै आएको छ। सोमबार राति देवेन्द्रले कलेज प्रवेश गर्न खोज्दा छोरा निरजसहितको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार आक्रमणमा देवेन्द्र र चितवन घर भइ काठमाडौंको शंखमुल बस्ने २२ वर्षीय सुरज रेग्मी घाइते भएका छन्। भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ। हाल उनको नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। 

छोराले कलेजको स्वामित्व दाबी गर्दै आएको सन्दर्भमा छलफल गर्न देवेन्द्र सोमबार दिउँसो प्रहरीकहाँ समेत पुगेका थिए। राति उनी कलेज प्रवेश गर्न खोज्दा झडप भएको बताइएको छ। 

देवेन्द्र पनि आफ्नो समूह लिएर कलेज पुगेका थिए। उनका छोरा निरज पनि समूहसहित कलेज भित्र थिए। देवेन्द्रले कलेज भित्र प्रवेश गर्न खोज्दा निरजको समूह प्रतिकारमा उत्रिएको थियो। जसक्रममा निरजले नै चक्कु प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले निरजसहित २४ जनालाई पक्राउ गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो