२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भवन निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराएबापत घुस, बुढानीलकण्ठका सब–इन्जिनियरविरुद्ध मुद्दा

२०८०, २४ पुष मंगलवार ०९:३१

पुस २४, काठमाडौँ | काठमाडौँ जिल्लास्थित बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर (करार) टीकाराज राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

टंगालबाट खटिएको आयोगको टोलीले राईलाई सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित गत मङ्सिर १४ गते नियन्त्रणमा लिएको थियो ।

सवइन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएका घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग ८० हजार घुस माग गरी लिएको पुष्टि भएको भन्दै आयोगले राईलाई ८० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना तथा कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

ठेकेदार सुनुवारमाथि भने मुख्य कसुरदारको मतियारका रुपमा हुने गरी सजायको मागदाबी गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो