२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोल्याण्ड पठाइदिने बहानामा रकम ठगी गर्ने युवती पक्राउ

२०८०, २४ पुष मंगलवार १०:४८

पुस २४, काठमाडौँ | पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना युवती प्रहरी फन्दामा परेकी छन्।  पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरापलका -५ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका-८ जरंखु बस्ने  पूजा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले पीडित कला पुनलाई वैदशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने बहानामा  २ लाख ५० हजार रुपैयाँ लिएर फरार भएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा  श्रेष्ठलाई सोमबार नयाँ बानेश्वरबाट पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेकी श्रेष्ठले पोल्याण्ड जान ८ लाख ५० हजार रुपैयाँ लाग्ने,त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र महिनाको १ लाख १५ हजार तलब हुने भन्दै प्रलोभनमा पारेर पुनबाट पटकपटक गरी २ लाख १५ हजार  लिइ फरार रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो